बेनी नगरपालिका-६,अर्थुङ्गमा अवस्थित वडा कार्यालयमा दशैंमा लत्ताकपडा किन्न सक्ने क्षमता नभएका विपन्नहरु दैनिक आउने गरेका छन् । विगत तीनबर्षदेखि वडा कार्यालयमा सञ्चालित कपडा बैंकबाट रोजेर निःशुल्क पाइने भएपछि नयाँ र सफा लुगाका लागि धाउनेहरुको संख्या बढेको हो ।

चाडपर्वमा परिवारका सदस्यलाई एकसरे नयाँ लुगा समेत किन्न नसक्ने विपन्नले परिवारका सदस्यलाई नै लिएर कपडा रोज्न आउने गरेको वडा अध्यक्ष कृष्णसिङ बानियाँले बताउनुभयो । ‘यसपटक दशैंमा नयाँ लुगा खोज्न आउने धेरै छन्, यसपटक कपडाको माग धेरै भएपछि बेनीबजारमा संकलन सुरु गरेको छु’ अध्यक्ष बानियाँले भन्नुभयो ।

वडाभित्रका असहाय, असक्त तथा आर्थिक अवस्था न्यून भएका व्यक्तिहरूलाई मौसमअनुसार कपडा उपलब्ध गराउन एउटा कोठमा सजाएर राखिएको छ ।

परिवारका सदस्यलाई एकसरो लुगा समेत किन्न नसक्नेले चाडपर्वमा धेरै र जाडोयाम तथा अन्य समयमा समेत यहाँबाट सित्तैमा पुनः प्रयोग गर्न सकिने पुराना कपडा लैजान पाउछन् ।

जाडोको मौसममा बालबालिकालाई धेरै न्यानो लुगाको माग हुने गरेको वडा अध्यक्ष बानियाँको भनाई छ । दशैंमा बच्चाहरूलाई लगाउने लुगा नभएपछि यहाँ आएर रोजेर लगेको बताउँदै बजारबाट नयाँ लुगा किन्न सक्ने क्षमता नभएका धेरैले यता आएर लैजाने गरेको बताउँछन् ।

बुधबार सदरमुकाम बेनीमा कपडा सहयोग गदैं शैक्षिक ब्यक्तित्व मोहन बानियाँले आफुँले प्रयोग नगर्ने कपडालाई नष्ट गर्नुभन्दा बैंकमा दिनुपर्ने बताउनुभयो । दिउँसो ज्यालादारी मजदुरी गरि परिवारको खर्च मुस्किलले धान्ने गरेकालाई राहत भएको छ ।

कसैले पनि पुनः प्रयोगमा ल्याउन सकिने लगाउने रेडिमेड लुगा बैंकले निःशुल्क दान गर्न सकिने वडा अध्यक्ष बानियाँको भनाई छ । उक्त सहयोग वितरणको अभिलेख समेत राखिएको छ भने निशुल्क दानकै रुपमा बिपन्न परिवारलाई दिने भएकाले चाडपर्वमा माग धेरै हुने र पुर्याउन नसक्ने अवस्थामा बेनीबजारमा संकलन तथा विभिन्न माध्यमबाट सहयोग जुटाएर लुगा खरिद गर्ने गरिएको छ ।

आफुँसंग भएको कपडा सहयोग गर्न चाहनेहरूले वडा अध्यक्ष कृष्णसिङ बानियाँको नम्बर ९८५७६२२३९९

Leave a Reply