धौलागिरि प्रथम हिमालको सात हजार ६ सय मिटर उचाइमा ज्यान गुमाएका पाँच जना रुसी आरोहीको शवको अझै उद्धार भएको छैन ।आरोहणका क्रममा आठ हजार मिटरभन्दा माथि पुगेपछि मौसम खराब भएर फर्किएका ६ जना आइतवार रातिदेखि हराएका थिए । हेलिकप्टरबाट खोजी गर्ने क्रममा हिजो पाँच जनाको शव भेटिएको हो । एक जनाको भने सकुशल उद्धार भएको छ ।

मौसम सफा रहेकोले आज उद्धारका लागि जाने भने पनि बीमा प्रक्रिया टुङ्गो नलागेकोले उद्धार टोली परिचालन गर्न नसकेको ट्रेकिङ एजेन्सी ‘आईएम ट्रेकिङ एण्ड एक्सपिडिसन’ ले जनाएको छ ।

पर्यटन विभागका निर्देशक राकेश गुरुङले पनि उद्धार प्रक्रियाका बारेमा आरोहण व्यवस्थापन कम्पनी र सकुशल उद्धार भएका रुसी आरोहीसँग छलफल गरिरहेको बताउनुभयो । केही प्रक्रिया बाँकी रहेकोले त्यो समाधान गरेर उद्धारका लागि टोली परिचालन गर्ने निर्देशक गुरुङले बताउनुभयो ।

Leave a Reply