भण्डारीले आईतबार नै कबोल रकम भगवती कोतमन्दीर पुजा ब्यवस्थापन समितिलाई उपलब्ध गराइसक्नुभएको छ । ४५ मिनेटको समयसिमा सोवित भण्डारी र रघुगंगा २ का कटुवालटोलका रमेश कटुवालले चार लाख रुपैयाँ बराबर बोल्नुभएको थियो ।
त्यसपछि, समितिले गोलापोलामार्फत टुंगो लगाउने निर्णयसंगै रमेश भण्डारीले चार लाख ५० हजार रुपैयाँ र मार हान्ने सोवित भण्डारीको वारिसमा बोल्ने लक्ष्मण भण्डारीले चार लाख ७१ हजार रुपैयाँ लेख्नुभएको थियो । भण्डारी मार हान्ने ब्यक्ति फाईनल हुनुभएको वडाअध्यक्ष अमृत भण्डारीले बताउनुभयो ।
पुजा समितिले सरकारी राँगोको बढीबढाउ सुरुवाती मूल्य ५० हजार रुपैयाँबाट सुरु भएको थियो । प्रतिस्पर्धामा लक्ष्मण भण्डारी, रमेश कटुवाल र विमल बागदाश रहेका थिए । यस अघि २०८० सालको नवमीमा रघुगंगा गाउँपालिका– २, सिजलगाउँ निवासी एकेन्द्र भण्डारीले ३ लाख ३० हजार रुपैयाँ, २०७९ सालको सचिन केसीले रु ३ लाख १५ हजार, २०७८ सालमा आरेन खड्काले ३ लाख रुपैयाँमा सरकारी मारको बढीबढाउ भएको थियो । नवमीको दिन बली दिईने राँगो मार हान्ने व्यक्तिहरुको मनोकंक्षा पुरा हुने जनविश्वासका कारण आकाँक्षीहरु धेरै हुने भएकाले खुला बढीबढाउ मार्फत छनौट गरिएको भगवती कोतमन्दीर पुजा व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र भण्डारीले जानकारी दिनुभयो ।
भगवती कोत मन्दिरमा कालरात्रीको राति कोटमन्दीरमा सर्वसाधारणको बिचमा खुल्ला बोलकबोल गर्ने परम्परागत चलन रहेको छ । यो क्षेत्रकै ऐतिहाँसिक कोत मन्दीर रहेको र यहाँको सरकारी राँगो काटेपछि मनले आँटेको पुग्छ भन्ने जनविश्वास रहेको छ । हरेक बर्ष सरकारी मार हान्न आकाँक्षा राख्नेहरुको संख्या र बोलकबोल रकम समेत बढ्दै गएको छ ।
‘‘यहाँ सरकारी मार हानेका व्यक्तिहरु सबैको उन्नती प्रगति भएको छ, त्यसैले पनि भगवती कोतमा दुर्गाभगवतीलाई बली चढाइने राँगो मार हान्न ठूलो हानथाप नै हुँदै आएको हो’’–तत्कालिन बाइसे÷चौबिसे राज्यकालदेखी यहाँको कोतमन्दीरमा बढीबढाउ गरी राँगो हान्ने (काट्ने) चलन छ । नवमिका दिन कोत मन्दिरमा सरकारी मार हानेपछी पुजा व्यवस्थापन समिति, आफन्तजन र गाउँलेहरुले सरकारी मार हान्ने व्यक्तिको टाउकोमा फेटा गुथाएर बाजागाजासहित सम्मान गर्ने चलन रहेको छ । यहाँ सरकारी मार हान्न हुने बोलकबोल नेपालकै सबैभन्दा धेरै रहेको मानिएको छ ।