म्याग्दीको मंगला गाउँपालिका-४,दुर्दीका ११ बर्षिय प्रविण फगामीले कर्नाल फुक्न थालेको ३ बर्ष भयो । सजिलैसँग उचाल्न वा बोक्न नसक्ने फगामीले ९ वर्षकै उमेरदेखि नियमित मगर नौमति बाजा समुहसँगै विभिन्न ठाउँमा पुग्छन्। गाउँदेखि सहरबजारसम्म विभिन्न चाडपर्व, विवाह, प्रतियोगिता, लाहुरे स्वागत,पास्नी, शुभकार्यदेखि भोजभतेरमा समेत निम्तो आएमा समुहका पाका सदस्यले फगामीलाई छुटाउँदैनन् ।

प्रविणलाई समुहका अन्य सदस्यले कर्नाल उचाल्न सघाउने र उनले फुक्छन् । उनले बजाएको धुन निकै चासोपूर्वक सुन्छन्। बरंजाको महेन्द्ररत्म आधारभुत विद्यालयमा कक्षा ६ मा अध्ययनरत प्रविणले कलिलै उमेरमा वाद्यवादनमा लोभलाग्दो प्रगति गरेका छन्।

दमाह, सनै, ट्याम्को, झ्याली र ढोलक समेत बनाउने उनलाई समुहले कर्नाल बनाउने जिम्मा दिएको समुहका सदस्य नविन फगामी बताउँछन् । ‘सबै बाजा बजाउने रुची छ,हामीले विद्यालय विदाको समयमा प्रयोग गछौं’फगामीले भने। हालै बावियाचौरमा सम्पन्न भएको मोना अन्तराष्ट्रियको नवौं साधारणसभामा प्रविण बजाएको देखेर सबै दंग परेका थिए ।

पछिल्लो समय बाजाको माग बढे पनि बाजा बजाउने जनशक्तिको अभावलाई मध्यनजर गरी मगर नौमति बाजा समुहमा बालकदेखि युवालाई बाजा प्रशिक्षणमा सहभागि गराएपछि १४ बर्षिय सविन फगामी समेत प्रविणसँगै बाजा बजाउँन जान्छन् भने वाद्यवादनमा समेत चासो बढेकोमहेन्द्ररत्न आधारभुत विद्यालयका शिक्षक कृष्णप्रसाद सापकोटाले बताए ।

उनले प्रविण र सविनले बाजा समुहका धेरै कार्यक्रमहरूमा जाने गरेको बताए । मंगला गाउँपालिकामा मौलिक पञ्चेबाजा जोगाउन पहिलोपटक म्याग्दीको मंगला गाउँपालिकामा वडास्तरीय पञ्चेबाजा प्रतियोगिता उक्त समुहको तृतिय हुदैं नगद २० हजार र प्रमाणपत्र प्राप्त गरेको थियो ।

उक्त कार्यक्रमका संयोजक एवम् मंगला शिक्षा क्याम्पस सञ्चालन समितिका अध्यक्ष याम थापाले परम्परागत पञ्चेबाजा संरक्षणको अभियानमा वाद्यवादक प्रविण र सविन फगामीजस्तालाई प्रोत्साहन गदैं पञ्चे र नौमति बाजा जोगाउन आवश्यकता रहेको बताए।

‘पञ्चेबाजामा हाम्रो पहिचान जोडिएको छ, कला संस्कृतिहरु मासिन नदिन सबै लाग्नुपर्छ’ थापाले भने । यूवापुस्तामा कला र संस्कृति हस्तान्तरण सहित तालिमका लागि स्थानीय तहले समेत वडास्तरमै बजेट विनियोजनको आवश्यकता रहेको अनुभवी कलाकारहरूको जोड छ ।

 

 

Leave a Reply