अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

‘माछा मिठो असला म्याग्दी खोलाको….’

On: October 12, 2024 11:46 AM
Follow Us:
---Advertisement---

म्याग्दी खोलामा पाइने असला माछा प्राकृतिक चिकित्सालय तातोपानी कुण्डमा डुबेर उपचार गराउन आउने बिरामीका लागि पोषिलो खुराक र जिल्लामा आउने आन्तरिक तथा बाह््य पर्यटकका लागि गतिलो स्वाद बनेको छ ।बेनी नगरपालिका–४,सिङगास्थित प्रसिद्ध तातोपानी कुण्डमा डुब्न आउने बिरामी तथा पर्यटकको रोजाइँमा म्याग्दी खोला पाइने असला माछा पर्ने गरेका हुन् ।

बजारको छेउबाटै बग्ने म्याग्दी खोला चिसो पानीमा पाइने असला माछा निकै स्वादिलो हुने भएकाले तातोपानीमा स्नान गरेपछि बिरामीले त्यहाँका माछालाई पौष्टिक आहारको रुपमा खाने गरेका छन्,भने घुम्न आएका आन्तरिक तथा बाह््य पर्यटकले कोसेलीको रुपमा लिएर फर्कने गरेका छन् ।

अन्यत्र पाइने माछा भन्दा त्यहाँका माछा बढी स्वादिष्ट हुने भएपछि अहिले ताजा माछाप्रति १३ सय रुपैयाँ छ भने दशैंपछि एक हजार ५०० मा बिक्री हुने गरेको छ । कुण्डमा चलहपहल बढेपछि पश्चिम म्याग्दीको मंगला, मालिका गाउँपालिका आसपासका क्षेत्र हुदै बग्ने खोलाबाट माछा मारेर व्यापारीले बिक्रीका लागि तातोपानीसम्म ल्याउने गरेका छन् ।

असला माछा खानकै लागि तातोपानीमा आउनेलाई पु¥याउन धौधौ हुने गरेको तातोपानीस्थित तुलाचन होटल एण्ड थकाली भान्सा घरका सञ्चालक मना तुलाचनले बताउनुभयो । “माछा कमै पाइन्छ, माग भने ह्वात्तै बढेको छ, तातोपानीकुण्डमा डुबेर उपचार गराउन आएका बिरामी र घुम्न आएका पर्यटकको माग थेगिनसक्नु हुन थालेपछि पु¥याउन सकिएको छैन”तुलाचनले भन्नुभयो ।

“माछा कमै पाइने भएकाले कोसेलीको रुपमा लिएर जान चाहनेलाई दिएर पठाउन हम्मेहम्मे परेको व्यवसायीको भनाइ छ ।”घुम्ने र तातोपानीमा स्नान गर्न जानेले कोसेलीको रुपमा लैजाने भएकाले जति रकम तिरेर भए पनि माछा किन्ने प्रचलन बढेपछि माछाको मूल्य पनि बढेको छ ।

तातोपानीबाट माछाका परिकारहरु यूरोपसम्म पुग्छ ।पछिल्ला केही वर्ष माछा कम हुँदै गएकाले स्थानीयवासीको सहयोगमा प्रहरीलेसमेत विषादीको प्रयोग र करेन्ट लगाएर माछा मार्न प्रतिबन्ध लगाएको छ ।

तातोपानीका होटलका भान्सामा विषादीरहित माछा पाक्ने गरेको छ । माछासँगै फापरको ढिँडोले त्यहाँको होटल व्यवसाय पनि राम्रोसँग फस्टाएको तातोपानी कुण्ड ब्यवसायी समितिका सचिव कुमार केसीले बताउनुभयो ।

दशैं विदामा तातोपानी घुम्न आउनेलाई असला माछाको परिकार अत्याधिक माग हुने सचिव केसीको भनाई छ । विगतमा सामान्य मानिने फापर स्वास्थ्यलाई हितकर हुने भएपछि पछिल्लो समय फापरको पिठोको ढिँडोसँगै माछा सबैको रोजाइँमा पर्न गएको छ ।

तातोपानीको उपल्लो र तल्लो बजार क्षेत्रमा सञ्चालनमा रहेका होटलमा वा स्वाथ्यका लागि राम्रो गर्ने र स्वादिलो हुने भएकाले म्याग्दी नदीको लोकल माछा र फापरको ढिँडो खान धेरैले मन पराउने गर्दछन् ।

खासगरी म्याग्दी नदीको माछा मीठो हुनेहुँदा माछासँगै मुस्ताङी फापरको ढिँडोको बिक्री हुन्छ । फापरको ढिँडो, रोटी, माछाको सुप र फ्राई आइटमका खाना पर्यटकको रोजाइँमा रहेको छ । तातोपानी कुण्डमा स्नान गर्ने बाहेक घुम्न जानेहरुको समेत पछिल्लो समय भिडभाड हुन थालेपछि होटल तथा रेष्टुरेन्टको संख्या समेत बढेको छ ।

तातोपानीका युवाले म्याग्दीखोलामा जाल थापेर दैनिकजसो माछा मारेर बिक्री गर्ने गरेका छन् । तातोपानीसँगै पखेर, सिमलचौर, बावियाचौरसम्मको माछा ल्याउने गरिन्छ । यहाँ बाहिरी जिल्लाबाट माछा ल्याएर बिक्री नगरिने भएकाले पनि तातोपानीमा विगत ४ बर्षदेखि श्रेष्ठ होटल हटस्पिङ सञ्चालनमा छ ।

आधुनिक सुविधासम्पन्न होटल सञ्चालनमा आएपछि पाहुनालाई बसाईमा समेत सहज भएको छ भने माछाले पारखीलाई तान्ने गरेको छ । फापरको ढिँडोसँगै एक प्लेट माछाका परिकार खाएको रु ४०० देखि ६०० सम्म तिर्नुपर्दछ । यसैवर्ष तातोपानीमा सञ्चालनमा आएको पुग्ने स्वदेश तथा विदेशी पाउनालेसमेत लोकल माछा रोज्ने गरेकाले दैनिक खपत हुने गरेको छ ।

जमिन मुनिबाट ४८ डिग्री सेन्टिग्रेटको तापक्रममा बिरेनूनको स्वादसहित निस्कने तातोपानीको कुण्डमा डुबुल्की मारेपछि ग्यास्ट्रिक, बाथरोग, गानोगोला, युरिकएसिड, हार्डजोर्नी दुख्ने, हड्डीको दुखाइ, सड्एिको, मर्किएको, बज्रिएकोसहित चिसोबाट उत्पन्न सबैखाले रोग निको हुने जनविश्वाससँगै स्थानीय माछा र अर्गानिक खाना तातोपानीको प्रमुख विषेशता छ । तातोपानी कुण्डमा बषेनी ५० हजारको हाराहारीमा स्नान र घुम्न जाने गर्दछन् ।