अनकन्टार ठाउँ । चारैतिर घना जंगलको बीचमा मन्दिर । नाकै ठोकिने डरलाग्दो पहाडमा धार्मिक तथा पर्यटकीय गन्तब्य मालिकाधुरीको एउटै थुम्कोमा त्रिदेवीको बास छ–मालिका, कालिका र जालिकाको । त्रिदेवीको दर्शनले मनोकांक्षा हुने जनविश्वासका साथ बषौंदेखि भक्तजनहरू मालिकाधुरी पुग्छन् ।

मालिका श्रीस्वस्थानी व्रतकथासँग सम्बन्धित छ । महादेवले मृत सतिदेवीलाई बोकेर हिँड्दा उनको माला खसेको ठाउँमा मालिका स्थापना भएको हो ।

कालिका र जालिकाको बीचमा मालिका मन्दिर छ । एउटा ठूलो शिलालाई कालिका र अर्कोलाई जालिकाको रूपमा पुजिन्छ।मन्दिर नजिकै चट्टानमा गणेशको पूजा गरिन्छ । बाह्रैमास चिसो हावा चल्ने मालिकाधुरीे मालिका, रघुगंगा र मंगला गाउँपालिकाको सीमानामा अवस्थित छ । हिमालको काखैमा रहेको मन्दिरमा बर्षेनी हजारौं भक्तजनहरू मनोकामना पूरा हुने विश्वासका साथ पुग्ने गरेका छन्।

समुन्द्री सतहदेखि तीन हजार ३ सय मिटर उचाइमा अवस्थित मालिकाधुरीबाट आँखामा नै ठोक्किन आउने धौलागिरि, नीलगिरि, अन्नपूर्ण, मनास्लु, माछापुच्छ्रे, गुर्जा, चुरेन, पुथालगायतका दर्जनौँ हिमश्रृंखला त्यहाँ पुग्ने पर्यटकभन्दा होेँचा देखिन्छन् ।

मन्दिर आसपासका क्षेत्रबाट दृष्य अवलोकन गर्न आउने धार्मिक तथा पदयात्रामा पुग्ने पर्यटक हिमालभन्दा अग्ला देखिन्छन् । आसपासका क्षेत्रमा देखिने सुन्दर ग्रामीण बस्ती, गुराँसे–जंगल र प्राकृतिक सौन्दर्यले सजिएको मालिका प्राकृतिक दृष्यको धनी हुनुका साथै धार्मिक दृष्टिले प्रसिद्धि कमाएको पवित्रस्थलको परिचय पाएकोे छ ।

मन्दिरको चारैतिरबाट सडक सञ्जाल छोडेर करीब साढे तीन घण्टाको यात्रामा पुगिने मालिका मन्दिरलाई धार्मिकसँगै पदयात्राका लागिसमेत सुन्दर गन्तव्यका रुपमा विकास गर्न मालिका र रघुगंगा गाउँपालिकाले आफ्नो क्षेत्रमा धमाधम पूर्वाधार विस्तार गरिरहेका छन ।

मालिकाधुरीमा बैशाख, जेष्ठ र कात्तिक पूर्णिमामा पूजा गरिन्छ । भक्तजनहरु मनोकामना पूरा हुने विश्वास लिएर बर्षेनी १० हजारभन्दा बढी भक्तजन मन्दिरमा पुग्छन् ।

यहाँ पूजाआजा बाहेक अन्य समयमा यहाँ घुम्न जाने निकै आर्कषक हुन्छ । दशैंको सिजनमा पदमार्गमा रमाउन चाहनेलाई मालिकाधुरी एक सुन्दर गन्तब्य बन्न सक्छ । सडक सञ्जाल छोडेपछि पनि जंगलभित्रको यात्राले यहाँ पुग्ने जो कोहीलाई मोहित बनाउँछ । एकपटक यो तपाईहरु पनि पुग्नुहोस् मालिकाधुरी ।

सुनसान पदमार्गमा रमाउन चाहने पर्यटकलाई मालिका जिल्लाकै आर्कषक पर्यटकीय गन्तब्य बनाउन सकिने यहाँ पुगेर फर्किएका पर्यटक बनाउँछन् ।

रघुगंगा गाउँपालिकाको झिँ, पाखापानी, ठाडाखानी, मंगला गाउँपालिकाको कुहँु, थाईवाङ,हिँदी र मालिका गाउँपालिकाको दरवाङ, उपल्लो दुखु हुदै पनि मालिका पुग्न सकिन्छ । बेनी–कुहुँ– पूर्णगाउँ, बेनी–दरबाङ, दरबाङ–बिमको बिलबाङ र बेनी–झिँ–पाखापानीको ठाडाखानी हुदै सडक पुगेपनि सबै क्षेत्रबाट करिब ३ घण्टासम्म कठोर यात्रा गरेपछि मात्रै मालिका पुगिन्छ ।

मालिकालाई पर्यटकिय गन्तब्य बनाउनको लागि मालिका हुदै पश्चिम म्याग्दीको मुदीमा रहेको विश्वकै सातौं अग्लो धौलागिरी हिमाल र गुरिल्ला पदमार्गलाई जोड्ने पदमार्गको परिकल्पना गरिएपनि काम भने भएको छैन ।

Leave a Reply