अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

टिकटकबाटै डेढ लाखको ढाकाका साम्रागी बेच्ने उद्यमी

On: October 12, 2024 5:42 PM
Follow Us:

म्याग्दीको बेनी नगरपालिका-८,कालिपुल बसपार्कमा रहेको कोसेली घरकी संचालिका दिलु घतानेले टिकटकबाट मासिक रुपमा डेढ लाख रुपैयाँ बराबरको व्यापार गर्नुहुन्छ ।तीन घण्टा दैनिक टिकटक लाइभमा बिताउने उद्यमी घतानेले ढाकाबाट तयार पारेको सामग्री सहित अन्य हस्तकला र अर्गानिक सामान विदेश निर्यात गर्नुहुन्छ । बिहान-बेलुका हरेक दिन उद्यमी घतानेको टिकटकमा बस्ने समयतालिका बनेको छ ।

टिकटक लाइभ आएर गिफ्ट माग्नेहरूलाई उहाँले आफ्नो म्याग्दीमा उत्पादन हुने अल्लोर ढाकाबाट तयार पारेको साडी, सल,कुर्था, गलबन्दी, रुमाल, पर्स, चोलो, कोट,टोपी झोलालगायत सामग्री देखाउनुहुन्छ ।

‘मैले टिकटकबाट हरेक महिना डेढलाखसम्मको साम्रागी बिक्री गर्छु,धेरै विदेशबाट आउनुहुन्छ’उद्यमी घतानेले भन्नुभयो । टिकटक, फेसबुक,लगायत सामाजिक सञ्जालमा समेत उद्यमी घतानेको कोशेली घरमा पाइने सबै साम्रागी छन् ।

सामाजिक सञ्जालका नेपाली प्रयोगकर्ताले त्यहीबाट अर्डर लिनेको संख्या हरेक महिना बढ्न थालेपछि अहिले पसलमै बसेर दिउँसोको समयमा पनि सामाजिक सञ्जालमै सक्रिय हुने गरेको उद्यमी घतानेको भनाई छ।

‘मैले कुनै महिना ढाकाको साडी मात्रै डेढ लाखको बिक्री गरेको छु, टिकटकमा म्याग्दीको टिम्बुरलाई पनि निकै रुचाइन्छ’ उद्यमी घतानेले भन्नुभयो । उहाँले ग्राहकको अर्डर अनुसार विदेशमा रहेकालाई नेपालको ठेगानामा कुरियर सेवामार्फत पठाउने गरेको बताउनुभयो ।

‘टिकटकमा आफ्नो उत्पादनकै कुरा धेरै गर्ने गरेको छु, यसबाटै ब्यापार राम्रो चलेको छ,टिकटक ब्यान्ड हुँदा केही कम ब्यापार भयो’ उद्यमी घतानेले भन्नुभयो। ढाका कपडाको बिक्री बाह्रैमास हुन्छ तर चाडपर्व पर्ने भएकाले असोज र कात्तिक महिनामाअझ धेरै माग हुन्छ ।

अहिलेसम्म विश्वका धेरै देशमा पठाएपनि उद्यमी घतानेका नियमित ग्राहक युके र अष्टे«लिया छन् भने , जापान, हङ्ककङ, दक्षिण कोरिया, अमेरिकालगायत युरोपसम्म पुग्छ भने पछिल्लोसमय देशभित्र पनि अल्लो र ढाकाको प्रयोगकर्ता धेरै हरेको उद्यमी घतान बताउनुहुन्छ । विदेशमा बिक्री हुने सामानको मुल्य पनि धेरै हुने भएकाले पहिला पैसा पठाएर मात्रै सामान पठाउने गरिएको छ ।

ढाका बुनाइकी प्रशिक्षक समेत रहनुभएकी घतानेले पछिल्लो समय ग्राहकको माग रङ्गीन र बुट्टेदार कपडा पर्न थालेपछि आफ्नो उत्पादन अपुग भएपछि अन्य उद्यमीबाट समेत लिएर ग्राहकको माग पुरा गर्ने गर्नुभएको छ । म्याग्दीका सफल अल्लो र ढाकाका उद्यमीले बार्षिक करोडभन्दा बढीको सामान बिक्री गर्नुहुन्छ ।

हरिकृष्ण गौतम

हरिकृष्ण गौतम बेनीअनलाइनका संस्थापक सदस्य हुनुहुन्छ।