अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

बडादसैँमा चार लाखले गरे कालिका मन्दिरमा दर्शन

On: October 13, 2024 12:19 PM
Follow Us:

बागलुङ कालिका मन्दिरमा बडादसैँको अवधिमा चार लाख दर्शनार्थीले दर्शन गरेका छन्।घटस्थापनादेखि नवरात्रसम्म चार लाख दर्शनार्थीले दर्शन तथा पूजाअर्चना गरेको मन्दिर गुठी व्यवस्थापन समितिले जनाएको छ।

पछिल्लो समय कालिका मन्दिरको प्रचारसँगै दसैँमा घुम्न निस्कने धार्मिक पर्यटकहरुले कालिका मन्दिरको दर्शन गरेका हुन्।गत चैते दसैँदेखि यस मन्दिरमा आउने दर्शनार्थीको सङ्ख्या अभिलेख गर्न थालिएको छ। कालिका मन्दिरमा दसैँ र चैते दसैँमा बढी दर्शनार्थीहरु आउने गरेका छन्।

बागलुङ कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काका अनुसार मुस्ताङ भ्रमणका लागि हिँडेका स्वदेशी तथा विदेशी पर्यटकसमेत कालिका मन्दिरमा आउन थालेपछि दर्शनार्थीको सङ्ख्यामा वृद्धि भएको हो।

मन्दिरमा बलि दिने परम्परा विस्तारै घटे पनि नरिवल चढाउने र दान गर्ने परम्परा बढेको छ।तीन सय वर्ष पुरानो कालिका मन्दिर स्थापना भएपछि नियमित पूजा भए पनि पछिल्लो समय थपिएका पूर्वाधार, प्रचारप्रसार र चुस्त व्यवस्थापनका कारण दर्शनार्थीको सङ्ख्या बढेको हो। रासस