म्याग्दी कोरला यातायात प्रालिले स्तनक्यान्सर पीडित बिरामीलाई निःशुल्क यातायातको सेवा उपलब्ध गराउने भएको छ । स्तनक्यान्सर पीडित महिलालाई नियमित चेकजाँच तथा किमो चढाउन नियमित जानुपर्ने अवस्थामा टिकटमा लाग्ने शुल्कमा सतप्रतिशत छुट गरिएको म्याग्दी कोरला यातायात प्रालिका कार्यवाहक अध्यक्ष मोहन केसीले बताउनुभयो ।

‘स्तनक्यान्सर पीडितका आफन्तको चाहना अनुसार यो सुविधा उपलब्ध गराइएको छ,‘हामीले यसअगाडी पनि विपन्न बिरामीलाई उपचारका लागि काठमाण्डौ जाँदा सुविधा दिइरहेका छौ’ अध्यक्ष केसीले भन्नुभयो ।

म्याग्दी कोरलाले बेनीदेखि काठमाण्डौ उपचारमा जाने बिरामीलाई परोपकारी सामाजिक संस्था ओमकुमारी शान्ति कोषको आग्रहमा पोखरा र काठमाडौंसम्म जानुपर्ने विपन्न अवस्थाका बिरामीलाई निःशुल्क यातायात सेवा उपलब्ध गराइरहेको छ ।

अहिलेसम्म कोषको सिफारिसमा अन्य जटिल रोग र बिपन्नको उपचारमा संस्थामार्फत १२ जनाभन्दा बढी बिरामीलाई सेवा दिएको छ । म्याग्दी कोरोलाले बिरामीलाई उपचारमा जानुभन्दा एकदिन अगाडी सम्पर्क गर्न अनुरोध गरेको छ ।

बिरामीले पूर्व जानकारी दिएको अवस्थामा यात्रामा सहज हुने गरी प्राथमिकतामा सिट छुटाएर राखिने छ । यो सुविधाका लागि स्तनक्यान्सर पीडितका परिवारले समेत प्रशंसा गदैं सहकार्यका लागि तयार रहेको जनाएका छन् ।

Leave a Reply