म्याग्दी जलजला परिवार अस्ट्रेलियाको दिपेन्द्र भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । म्याग्दीबाट अस्ट्रेलियामा पुगेका म्याग्देलीहरुमार्फत जिल्लामा हुने विभिन्न सामाजिक तथा त्यहाँ खेलकुद गतिविधिमा सक्रिय रहेको संस्थाको वरिष्ठ उपाध्यक्ष चन्द्र प्रकाश थापा, उपाध्यक्ष गंगा फगामी, महासचिव रिम भण्डारी, सचिव किशन पुन,उप–सचिव नबिन छन्त्याल, कोषाध्यक्ष उमेश पुन,उप–कोषाध्यक्ष बिज्ञान जुग्जाली रहेका छन् ।

त्यसैगरी कार्यक्रम संयोजकहरूहरुमा कमल केसी, फुलु पुन, धन छन्त्याल, पुनम चन्द, रबिन थापा, बिकल थापा, सुरज भण्डारी छन् । खेल संयोजकहरूमा जुली फगामी, प्रताप जङ्ग थापालाई चयन गरिएको छ ।

संस्थाको सामाजिक मिडिया संयोजकहरूमा नबिन भण्डारी, न्युटन थापाखेल सल्लाहकारहरूमा निर गर्बुजा, मोहन पुन, इम प्रसाद रोका छन् । संस्थाको कार्यकारी बोर्ड सल्लाहकारमा राजकुमार भण्डारी, दिपक भण्डारी, मुक्ती सुवेदी, साजन भण्डारी, बोट छन्त्याल रहेका छन् ।

नवनियुक्त अध्यक्ष भण्डारीले नयाँ कार्यसमिति म्याग्दी समुदायको हितका लागि अझ सशक्त रूपमा लागिपर्ने प्रतिबद्धता जनाउँदै संस्थामा आवद्ध तथा सक्रियतालाई थप उचाईमा पुर्याउने बताए । म्याग्दी जलजला परिवार अस्ट्रेलिया त्यहाँ रहेका नेपाली समुदायमा सक्रिय संस्था हो ।

 

Leave a Reply