६९ औ प्रहरी दिवसको अवसरमा बुधबार म्याग्दीका उत्कृष्ट आठ जना प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीले आयोजना गरेको कार्यक्रममा उनिहरुलाई पुरस्कार वितरण र सम्मान गरिएको हो ।
प्रहरी निरीक्षक राजन रायमाझी, प्रहरी सहायक निरीक्षक बलबहादुर खड्का, प्रहरी हवल्दार दिपक आले, प्रहरी सहायक हवल्दार खेम परियार, अम्मरबहादुर क्षेत्री, प्रहरी जवान चित्रबहादुर गुरुङ, सविता कुम्हाल र नविन सिंजालीलाई सम्मान गरिएको थियो ।
प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, जिल्ला न्यायाधिवत्ता गोविन्द उपाध्याय लगायतले उहाँहरुलाई सम्मान गर्नुभएको थियो । सो समारोहमा प्रहरी दिवसको अवसरमा आयोजित खेलकुद प्रतियोगितामा बिजयी प्रहरी कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।
रस्साकस्सी महिलातर्फ सुनाम भाट, जमुना कुँवर, सविता कुम्हाल, अनिता कुमारी दर्लामी, देउमाया थापा र पुरुषतर्फ सुकबहादुर थापा, नेत्रबहादुर थापा, होमबहादुर नेपाली, खिमबहादुर थापा र यमबहादुर पुन बिजयी हुनुभएको थियो ।
ब्याडमिन्टनमा डोलराज थापा र रामु दगामी प्रथम, पुष्पकुमार शाह र रमेश अधिकारी दृतीय हुनुभयो । टेबल टेनिसमा जुद्धबहादुर थापा र अम्मरबहादुर क्षेत्री प्रथम, घनश्याम काउचा र खडकबहादुर घर्ती उपबिजेता बन्नुभयो ।
भलिबलमा सुकबहादुर थापा, दिलिप काला, सुन्दर कुमाल, धिरज गुरुङ, पूर्णबहादुर पाईजा, सगुन सुनार र नविन सिंजाली प्रथम र कृष्ण खड्का, घनश्याम काउचा, खमबहादुर खत्री, चित्रबहादुर गुरुङ, तारा केसी, खिबहादुर थापा, प्रकाश खत्री र विशाल परियारको समुह दृतीय हुनुभयो ।
म्युजिकल चियर प्रतियोगितामा प्रहरी सहायक हवल्दार बर्षा बुढाथोकी बिजयी हुनुभएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ढकालले कानुन कार्यान्वयन, शान्ति सुरक्षा कायम र अपराध अनुसन्धानमा प्रहरीको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।
प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले नयाँ परिवेश र प्रविधीको विकाससँगै सिर्जना भएका चुनौतिहरु सामना गर्न नेपाल प्रहरीले आफ्नो क्षमता र जनमैत्री कार्यशैली अपनाएको बताउनुभयो । प्रहरी निरीक्षक सागर पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रममा अर्का प्रहरी निरीक्षक राजन रायमाझीले स्वागतका साथै प्रहरी महानिरीक्षक बसन्त कुँवरको शुभकामना सन्देश बाचन गर्नुभएको थियो । पुर्व प्रहरी संगठन म्याग्दीका अध्यक्ष भिमबहादुर श्रेष्ठले पनि शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।

Leave a Reply