म्याग्दी र पर्वतको जलजला गाउँपालिकाबाट सञ्चालित जलजला यातायात प्रालिद्धारा एयर सस्पेन्सन सिल्पर सहितको बस सञ्चालनमा ल्याएको छ ।

धौलागिरी गण्डकी यातायात प्रालि अन्तरगत सञ्चालित जलजला यातायातले १ करोड १५ लाखको लागत पर्ने दुई सिट सुतेर यात्रा गर्न मिल्ने सहित ३५ सिटे नयाँ बसमार्फत सेवा सुरू गरेको प्रालिका सञ्चालक रामजी बोहोराले बताउनुभयो ।

‘बिरामी र बृद्धबृद्धालाई सुतेर यात्रा गर्न मिल्ने सुविधा सहितको बस सेवा सञ्चालन गरेका छौ, अन्य सोफा सिट छ, समय अनुकुल थप सेवाहरु थप्दै जानेछौ’ बोहोराले भन्नुभयो ।

उक्त बस रात्रिकालिन सेवा अन्तरगत कालीपुल बसपार्कमा रहेको टिकट काउन्टरबाट साँझ काठमाण्डौ र काठमाण्डौबाट बेनीका लागि छुट्ने छ । बसभित्र पछाडिको भाग तला बनाएर दुई क्याविनमा बढीमा दुई–दुई जनाका दरले चार जना सुतेरै आरामदायी तवरले यात्रा गर्न सकिने जलजला यातायात प्रालिले जनाएको छ ।

हाल जलजलामा ६ वटा बस सञ्चालनमा रहेका छन् । बसमा यात्रा गरेबापत प्रति यात्रु १५ सय टिकट कायम गरिएको छ। प्रत्येक दिन बेनीबाट र काठमाण्डौबाट बेलुकी साढे पाँच बजे र पौने ६ बजे बस छुट्ने छ ।

जलजला यातायात प्रालिमा लिला पूर्जा, समिर परियार, कृष्ण हमाल,रुद्ध केसी र रामजी बोहोराको ६ करोड लगानी रहेको बताइएको छ । पछिल्लो समय म्याग्दीमा यातायात ब्यवसायीले धमाधम आधुनिक सेवा सहितको बस सञ्चालनमा ल्याउँदा यात्रुलाई सहज भएको छ ।

Leave a Reply