पर्वतको जलजला गाउँपालिका-३, पर्वतबेनीमा अवस्थित ज्ञान गौरी प्यालेस होटलमा विद्युतीय सवारी साधनको अत्याधुनिक फास्ट चार्जिङ स्टेसनको सञ्चालन स्थापना गरिएको छ ।

नेपाल विद्युत प्राधिकरण बेनी वितरण केन्द्रको आर्थिक तथा प्राविधिक सहयोगमा होटलको प्राङ्गनमा राखिएको स्टेशनले म्याग्दी र पर्वतका प्रयोगकर्ताका साथै बाहिरी जिल्लाबाट आउने सवारीसाधनलाई सहज भएको छ ।दशैंविदामा जिल्ला बाहिरबाट आउने सवारीसाधनको चाप रहेको होटलका सञ्चालक कृष्ण केसीले बताउनुभयो ।

‘सानाठूला सवारीसाधन चार्जिङ गर्न मिल्छ, छिटो चार्ज हुने भएकाले सवारीसाधन आउन थालेका छन्’ सञ्चालक केसीले भन्नु्भयो । एक सवारीसाधनलाई न्यूनतम आधाघण्टा लाग्छ । चार्जिङ मेशिन सहित अन्य खर्चमा विद्युत प्राधिकरणको सहुलियत अनु्दानले समेत सहज भएको छ । चार्जिङ स्टेशनमा विद्युतीय सवारीसाधनले चार्ज गरेको प्रतियुनिट ८ रुपैयाँ चार्ज शुल्क तोकिएको छ ।

नेपाल विद्यु्त प्राधिकरणको प्रर्बधनमा निर्मित भएकाले छिटो चार्ज हुने र सस्तो समेत हुने रहेको छ । ज्ञानगौरी बेनी–मालढुंगा सडकखण्ड अन्तरगत लिफ्ट सहितको ५ तले ३९ वटा कोठा भएको सुविधासम्पन्न नयाँ होटल हो ।

विद्युतीय सवारी साधन पेट्रोलियम पदार्थबाट चल्नेभन्दा १५÷२० गुणा सस्तो हुने भएकाले निजी तथा यात्रु बोक्ने गरी सवारीसाधन थपिदै जान थालेपछि म्याग्दी बेनीमा रहेको होटल र गलेश्वरका होटलले समेत विद्यु्त प्राधिकरणमा चार्जिङ स्टेशनका लागि निवेदन दिएका छन् ।

Leave a Reply