बागलुङका एक व्यक्तिले आफ्नो ६ वर्षीय छोरालाई भीरबाट फालेर हत्या गरेका छन् ।बागलुङको ताराखोला गाउँपालिका घरभई बागलुङ नगरपालिका–३ बस्ने केशव पुनले मंगलबार साँझ ६ वर्षीय छोरा किस्मत पुनलाई भीरबाट खोलामा फालेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक सुनिल शर्मा चिलुवालले जानकारी दिए ।

उनले मंगलबार साँझ बानपा–३ को भीरबाट छोरालाई फालेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मंगलबार साँझ नै प्रहरी र स्थानीयले खोजी गर्दा किस्मत घटनास्थलदेखि २ सय मिटर तल काठेखोलामा मृत भेटिएको प्रहरी निरीक्षक शर्माले जानकारी दिए ।हत्या आरोपमा मृतक बालकका बुबा केशव पुनलाई प्रहरीले मंगलबार साँझ नियन्त्रणमा लिएको प्रहरी निरीक्षक शर्माले बताए ।

Leave a Reply