अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

डाक्टरले अन्य स्वास्थ्यकर्मीलाई धम्क्याएपछि सेवा ठप्प पार्ने चेतावनी

On: October 17, 2024 11:00 PM
Follow Us:

बागलुङको धौलागिरी अस्पतालका स्वास्थ्यकर्मीले सेवा ठप्प पार्ने चेतावनी दिएका छन् । अस्पतालमा कार्यरत डाक्टर नन्दन प्रसाद शाहले अन्य स्वास्थ्यकर्मीलाई धम्क्याएपछि त्रसित बनेका उनीहरुले शाहलाई कारबाही नभए सेवा ठप्प पार्ने चेतावनी दिएका हुन् ।

उनीहरुले अस्पताल व्यवस्थापन समिति र मेसुलाई ध्यानाकर्षण गराउदै माग सम्बोधन नभए अत्यावश्यक बाहेकका सेवा ठप्प पार्ने चेतावनी दिएका हुन् ।

अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट रवी रञ्जन प्रधानले खटाएका केही डाक्टरले दशैं बिदामा काम नगरेको तथा अतिरिक्त काम गरेका डाक्टरलाई सामाजिक सञ्जाल ग्रुपमा गाली गलौज गरेकाले अन्य स्वास्थ्यकर्मीको समेत सुरक्षामाथी प्रश्न उठेको भन्दै डाक्टर किरण तिवारी सहितको १५ चिकित्सक तथा अन्य स्वास्थ्यकर्मी र कर्मचारीले काम गर्न नसक्ने चेतावनी दिएका छन् ।

उनिहरुले स्वास्थ्यकर्मीको हस्ताक्षर समेत संकलन गरेका छन् । ध्यानाकर्षण पत्रमा अस्पतालमा कार्यरत अधिकांश स्वास्थ्यकर्मी र कर्मचारीले समेत साथ दिएका छन् ।डाक्टर डाक्टर बीच डिउटीको विषयमा भनाभन भएको प्रमुख मेसु रवि रन्जन प्रधानले बताए ।

उनले गल्ती गर्ने चिकित्सकलाई कारर्वाहीको लागि प्रकृया थालेको जानकारी दिए । उनले आरोपित डाक्टर नन्दन प्रसाद शाहले राजीनामा बुझाएकाले डिजिटल हाजिर बाट समेट रेकर्ड हटाइएको मेसुको भनाइ छ ।