म्याग्दीमा शुक्रबार र भोलि शनिबार भिटामिन ‘ए’ क्याप्सुलसँगै जुकाको औषधि खुवाइदैछ । राष्ट्रिय पोषण कार्यक्रमअन्तर्गत पाँच वर्ष मुनिका बालबालिकालाई औषधि खुवाउन लागिएको हो ।

स्वास्थ्य कार्यालय म्याग्दीका खोप सुपरभाइजर गणेश सुबेदीका अनुसार ६ वटै स्थानीय तहमा रहेका ३७२ स्वास्थ्यस्वयंमसेविका मार्फत स्वास्थ्टोल–टोलमा पुगेर भिटामिन ‘ए’ क्याप्सुलसँगै जुकाको औषधि खुवाउने र छुटेकाले स्वास्थ्यचौकी वा घरमै पुगेर समेत खुवाउने तालिका रहेको छ ।

Adv

म्याग्दीमा भिटामिन ‘ए’ क्याप्सुल ७ हजार बालबालिका र जुकाको औषधि ६५ सय लाई खुवाउने लक्ष्य रहेको छ । यसैबीच १५ महिनासम्म लगाउनुपर्ने कुनै पनि नियमित खोप छुटेको छ भने पाँच वर्ष मुनिका बालबालिकालाई नजिकैको स्वास्थ्य संस्थामा छुटेको खोप लगाउन सकिने स्वास्थ्य कार्यालयका प्रमुख भुवन ठकुराठीले बताउनुभयो ।

यसैबीच बेनी नगरपालिका सहित जिल्लाका ६ वटै स्थानीय तहमा रहेको स्वास्थ्य शाखमार्फत स्वास्थ्यकर्मी सहित महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत समेत वडास्तरमा सूचना प्रवाह भएको छ । यो राष्ट्रिय अभियानमा सहभागि हुन तथा थप जानकारीका लागि तथा नजिकैको स्वास्थ्य संस्था वा वडा कार्यालयमा समेत सम्पर्क गर्न अनुरोध गरिएको छ ।

Leave a Reply