एकदशक अगाडी नै नक्साङ्गन, प्रष्ट रुटको पहिचान, गाईड बुक समेत तयार भएपनि अझै ’गुरिल्ला ट्रेक’ गुमनाम रहेको छ। गुरिल्ला ट्रेकका बारेमा सुनेर यात्रामा निस्कने स्वदेशी तथा विदेशी पर्यटकले न्यूनतम पूर्वाधार समेत नहुदाँ निकै सास्ती खेप्नुपरेको छ । २०८१÷८२ को बजेटमा ‘गुरिल्ला ट्रेक’मा आर्कषक गन्तब्य बनाउन बजेटमा समेटिएपनि अहिलेसम्म कुनै काम हुन सकेको छैन ।

नेपाल पर्यटन बोर्ड, राष्ट्रिय प्रकृति संरक्षण कोष, तत्कालिन जिल्ला विकास समितिमार्फत विसं २०७२ घोषणा गरिएको पदमार्गमा अहिलेसम्म पर्यटकलाई सामान्य पूर्वाधार बनाउन सरकारी निकाय असफल भएका छन् ।

विसं २०७३ मा अमेरिकी नागरिक अलोन्डो लोन्सले पदयात्रा गरी नक्सा तयार गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुम पूर्वको चुनुवाङमा गुरिल्ला ट्रेकको औपचारिक शुभारम्भ गरेपछि दाहाल नेतृत्वकै सरकारले अन्य घोषणा गरेपनि कार्यान्वयनको अवस्था सून्य छ ।

माओवादीले जनयुद्धलाई शान्तिपूर्ण राजनीतिमा अवतरण गरेपछि चर्चामा आएको पदमार्गको प्रर्बधन भन्दा सडकले छिचोलेका कारण मौलिकता गुम्ने डर बढेको छ भने घुम्न आउने विदेशी पर्यटकले दुखेसो गर्ने गरेका छन् । २१ दिनको ट्रेकमा धेरै ठाउँमा समान्य पूर्वाधारको अभावका कारण पर्यटक बिच बाटोबाटै फर्किनुपर्ने बाध्यता रहेको छ ।

तत्कालिन १० वर्षे माओवादी सशस्त्र युद्ध प्रभावित क्षेत्र म्याग्दी, रुकुम,वागलुङ र रोल्पा जिल्लालाई समेटर निर्माण गरिएको गुरिल्ला टे«लको बारेमा प्रचारप्रसार धेरै भए पनि चारवटै जिल्लाले पूर्वाधार विस्तारमा ध्यान नदिदाँ विदेशी पर्यटक समेत आउन छाडेको पर्यटक गाईड मानबहादुर खत्री दाहाल बताउँछन् ।

उनका अनुसार विदेशी पर्यटकले खोजीखोजी आउँदा समेत निराश हुनुपर्ने अवस्था छ भने ४ दिनसम्मको यात्रामा खानबस्ने, खानेपानी, शौचालय लगायतका पूर्वाधार भएपनि बाँकी १७ दिनसम्म निकै दुख रहेको बताए ।

छोटो, मध्यम र लामो दूरीबाट गुरिल्ला ट्रेकमा यात्रा गर्न सकिने यस पदमार्गले म्याग्दी बागलुङ, रुकुम र रोल्पा गरी चार जिल्लाको पर्यटन क्षेत्रमा ठूलो योगदान दिने भएकाले पूर्वाधार विस्तारलाई पहिलो प्राथमिकतामा राख्न यस क्षेत्रको प्रर्बधनमा सक्रिय पर्यटन क्षेत्रका जानकार सुरेन्द्र राना बताउँछन् । उनले विगतमा पटकपटक यात्रा गरी सम्बन्धित निकायलाई जानकारी गराएपनि बेवास्ता भएको बताए ।

सबै क्षेत्रहरु तत्कालिन समयमा राज्यको उपस्थिति न्यून र माओवादीको कब्जा जस्तै थियो । म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले युद्ध पर्यटनका माध्यमबाट ऐतिहासिक ठाउँको पहिचान स्थापित गर्न र युद्ध प्रभावित क्षेत्रका बासिन्दाको जीवनस्तर उकास्न गुरिल्ला ट्रेकको अवधारणा ल्याइएको भएपनि पूर्वाधार विस्तारमा राज्यको प्राथमिकतामा नपर्दा ओझेलमा परेको बताए ।

उनले पहिलो चरणमा ४ जिल्लाका स्थानीय तहमार्फत छापामार हिँड्ने बाटो, सेल्टर, तालिम केन्द्र, बङ्कर, माओवादी नेताका बैठकस्थल लगायतका संरचना बनाएर प्रदेश र संघीय सरकारमार्फत बजेट ल्याउनुपर्ने बताए ।

पदमार्ग संचालनमा ल्याए त्यसको सबैभन्दा धेरै फाईदा म्याग्दीलाई हुन्छ र पदमार्गका धेरै बस्ती र स्थान म्याग्दीमा पर्ने र गन्तब्यमा पुगेर फर्कदा समेत म्याग्दी प्राथमिकतामा पर्ने देखिन्छ । मगर र अन्य समुदायको संस्कृती, प्राकृतीक सम्पदा, हिमश्रृङखला, ग्रामिण जिवनशैली र स्थानीयबासीको द्धन्द्धकालको अनुभव यो पदमार्गको आकर्षण रहेको छ ।

बि.स २०६० साल चैत्र ७ गते माओवादीले म्याग्दीको सदरमुकाम बेनीबजार आक्रमण गर्दा टे«ल अन्तरगत पर्ने एक जंगलमा बेनीबजारको हुबहु नक्सा समेत उतारिएको थियो ।

म्याग्दीको धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेम पुनले पदमार्गका लागि आवश्यक पर्ने पूर्वाधार विस्तार तथा प्रचारप्रसारका लागि तयार भएपनि बजेट अभावले काम गर्न नसकिएको बताउँछन् ।

सबैभन्दा छोटो १४ दिनको पदयात्रा म्याग्दीको बेनी, दरबाङ, गुर्जाघाट, बागलुङको ढोरपाटन, निशेलढोर पूर्वी रुकुमको तकसेरा, लुकुम, रोल्पाको थवाङ, जलजला, जेलवाङ हुँदै सुलीचौर रहेको छ भने मध्यम दुरीको पदयात्रा गर्न १९ दिन लाग्छ ।

म्याग्दीको सदरमुकाम बेनी हुदै पश्चिम क्षेत्रमा पर्ने दरबाङ, गुर्जाघाट हुँदै ढोरपाटन पुगेपछि बुकी हुँदै रुकुम पूर्वको पेल्मा, मैकोटबाट तकसेरा निस्केर लुकुम, रोल्पाको थवाङ, जलजला, जेलवाङ हुँदै सुलीचौरसम्मको क्षेत्रमा माओवादीको जनयूद्धको सबैभन्दा प्रभावित मध्येमा पर्छ ।

सबैभन्दा लामो २७ दिनको पदयात्राले भने पश्चिम रुकुम हो ।टे«लमा समय अनुकुल २७, २१ र १४ दिनको तिन वटा प्याकेजमा यो पदयात्राको भ्रमण गर्न सकिने छ । सबैभन्दा छोटो १४ दिन र बढीमा २७ दिनमा पदयात्रा पूरा गर्न सकिन्छ ।

Leave a Reply