साफ महिला च्याम्पियनसिप-२०२४ अन्तर्गत नेपालले माल्दिभ्सविरुद्ध शानदार प्रदर्शन गर्दै ११-० को फराकिलो जित हासिल गरेको छ। दशरथ रंगशालामा भएको खेलमा नेपालले पहिलो हाफमै गोलको वर्षा गर्दै माल्दिभ्सलाई दबाबमा राखेको थियो। खेलको सुरुवातमै नेपालले बलमा पकड जमाउँदै विपक्षीको पोष्टमा लगातार आक्रमण गर्‍यो।

नेपालका लागि रेखा पौडेलले ५ गोल, प्रीति राईले ३ गोल तथा सविता रानामगर, अमिसा कार्की र अनिता केसीले समान एक गोल गरे। यो जितसँगै नेपालले समूह विजेताको लक्ष्य कायमै राखेको छ।

पाँचौं मिनेटमा प्रीति राईले गोल गर्दै नेपाललाई अग्रता दिलाइन्। त्यसपछि, २९ औं मिनेटमा सविता राना मगरले बक्स बाहिरबाट सुन्दर गोल गर्दै नेपालको अग्रता दोब्बर बनाइन्। खेलको ३२ औं र ४२ औं मिनेटमा रेखा पौडेलले थप दुई गोल गर्दै पहिलो हाफको अन्त्यसम्ममा नेपाललाई ४-० को सुरक्षित अग्रता दिलाइन्।

Leave a Reply