म्याग्दीको मंगला गाउँपालिका-३, पखेरमा बाढीपहिरोबाट विस्थापितलाई म्याग्दी जेसीजले खाद्यान्न सहयोग गरेको छ । गत भदौ महिनाको तेस्रो साता आएको बाढीपहिरोबाट विस्थापित स्थानीय लक्ष्मी खड्कालाई खाद्यान्न वितरण गरिएको हो ।

म्याग्दी जेसीजका अध्यक्ष दिनेश बानियाँ सहितको टोलीले पूर्णरुपमा विस्थापित खड्का परिवारलाई चामल, तेल र दाल हस्तान्तरण गदैं आगामी दिनमा समेत सहयोगको प्रतिबद्धता जनाएका थिए ।

सोही अवसरमा पीडित खड्काले पहिरोले विस्थापित भएपछि छिमेकीकोमा बस्दै आएको बताउँदै राहत तथा पुर्नस्थापना सहित क्षतीपूतीको आशमा रहेको बताइन् ।बषौंदेखि श्रीमात बेपत्ता रहेको अवस्थामा छोराहरुले माछा मारेर जीवन निर्वाह गरिरहेको पीडित खड्काको भनाई उद्धित गदैं म्याग्दी जेसीजका अध्यक्ष बानियाँले बताए ।

उनले पीडित खड्कालाई सहयोग गर्न समेत अनुरोध गरेका छन् । राहत बितरण कार्यक्रम को संयोजन म्याग्दी जेसीजका कोषाध्यक्ष बिनोद घर्ति, पुर्व अध्यक्ष बिरेन्द्र श्रेष्ठ सहितको उपस्थिति रहेको थियो!

Leave a Reply