नेपाली कांग्रेस म्याग्दीको सय दिने अभियान जिल्लाको दुर्गम र बिकट बस्ती गुर्जाबाट सुरु भएको छ। सोमबार नेपाली कांग्रेस म्याग्दीका सभापति तथा संघिय सांसद खम्बीर गर्बुजा सहितको टोली गुर्जा पुगेर अभियानको सुरु गरेका हुन् ।

गुर्जा पुगेको सांसद गर्बुजाको टोलीलाई बाजागाजा सहित गुर्जाबासीले स्वागत गरेका थिए । घर आगनमा जनताका गुनासा, समस्या र आवश्यकता बुझ्न आफु गुर्जा आएको गर्बुजाको भनाई छ ।

गुर्जामा भएको कार्यक्रममा गर्बुजाले आफुले पहिलो प्राथमिकता गुर्जाको विकासमा राखेको बताउनुभयो । उहाँले दुर्गम भएपनि गुर्जामा पर्यटक र यहाँको जडिबुडिको सम्भावना रहेकाले यसको विकासमा आफु लागिपरेको बताउनुभयो ।

निर्वाचित पछि पहिलो पटक गुर्जा पुगेका गर्बुजाले सडक शिक्षा र स्वास्थ्यका लागि संघिय प्रदेश र स्थानीय सरकार संग पहिल गरेर अबको केही बर्षमा नै गाउँ सम्म सडक सञ्जाल पुराउने प्रतिवद्धता समेत गर्नुभएको छ ।

त्यस्तै गाउँपालिकाका अध्यक्ष प्रेम प्रसाद पुनले पालिकाले समेत गुर्जाखानीलाई पहिलो प्राथमिकतामा राखेर बजेट तथा कार्यक्रमहरु बनाएको बताउनुभयो ।

सयदिने अभियान अन्र्तगत सांसद ताकम, मुना, लुलाङ हुदै गुर्जा पुगेका हुन् । उहाँसँगै नेपाली काँग्रेसका जिल्लास्तरीय नेताहरुको टोली गाउँ अभियानमा सहभागी छन् ।

Leave a Reply