बेनी नगरपालिका-३,छेपारे भकिम्लीमा नवज्योति आधारभुत विद्यालयको निर्मित दुई कोठे विद्यालय भवन उद्घाटन गरिएको छ । वडा अध्यक्ष पदमबहादुर पुनले सोमबार एक कार्यक्रमबीच भवन उद्घाटन गर्नुभयो ।
बेनी नगरपालिकाको १७ लाख र स्थानीय समुदायको श्रमदान र प्रवासमा रहेका छेपारेबासीको सहयोग गरी ३३ लाखको लागतमा भूकम्प प्रतिरोधी भवन निर्माणसँगै निर्मित विद्यालय भवनले स्थानीय बालबालिकालाई सहज भएको प्रमुख अतिथि पुनले बताउनुभयो ।
सोही अवसरमा विशिष्ट अतिथि पूर्व स्रोतब्यक्ति दुर्गाराम सुबेदीले ग्रामिण क्षेत्रका विद्यालयमा विद्यार्थीको संख्या न्यून भएको अवस्थामा विद्यालयको भौतिक संरचनाहरु  निर्माणमा समेत असर गरेको बताउनुभयो ।
उद्घाटन कार्यक्रममा वडा सदस्य रत्न जिसी, समाजसेवी पृथिबहादुर पुन, भिमबहादुर थापा,  अमर बहादुर सुनारले मन्तब्य राख्नुभएको थियो । नयाँ भवन बनेसँगै पठनपाठन र शैक्षिक विकासमा सहयोग पुग्ने अपेक्षा रहेको विद्यालयका प्रधानाध्यापक रुद्ध बहादुर श्रीषले बताउनुभयो ।
छिमेकी मरेकमा रहेको विद्यालयमा विद्यार्थीको संख्या घटेपछि छेपारेमा स्थानान्तर गरेपछि हाल ८ जना विद्यार्थी रहेका छन्। विब्यस अध्यक्ष इन्द्रबहादुर थापाको अध्यक्षता, प्रअ श्रीषको स्वागत र कलाकार एवम् स्थानीय अमृता विकको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको  थियो । उक्त भवन बाल लैंगिक तथा अपाङ्गमैत्री रहेको छ ।

Leave a Reply