म्याग्दीको मंगला गाउँपालिका-१, थाइवाङकी लिजा पाइजा मगर डान्स धौलागिरीको फाइनलमा प्रवेश गरेकी छन् । बेनी स्थित माउन्ट एभरेष्ट आवासीय मा.वि. मा कक्षा ८ मा अध्ययनरत लिजाले हालै सार्वजनिक बेनीको बजार गीतको नयाँ भर्सनमा समेत अभिनय गरेकी छन् ।

विद्यालय, समुदायस्तरका धेरै प्रतियोगितामा उपाधी समेत जितेकी लिजाले नृत्यमार्फत आफ्नो भविस्य सुन्दर बनाउने लक्ष्य सहित प्रतियोगितामा सहभागि भएको आमा गंगा पाइजा पुनले बताइन् ।

‘सानैदेखि नृत्यमा रुचि देखाउँथिन, उनको चाहना पूरा गरेका छौ, अब विजेताका लागि सबैले सहयोग गरिदिनुहोला’आमा गंगाले भनिन् । परिवारको सल्लाह अनुसार प्रतियोगितामा सहभागिता जनाएकी लिजाले हालसम्म उत्कृष्ट नृत्य प्रस्तुत गरेकी छन् ।

परिवार, विद्यालयका शिक्षक शिक्षिकाहरुको प्रेरणाले आफूँ यस स्थानमा आएको र प्रतियोगिता जित्न आफूले सक्दो मिहिनेत गर्ने लिजाले बताइन् । लिजालाई आफ्नी आमाका साथै निमा तेन्जिङ शेर्पाले नृत्य सिकाएकी थिइन् ।

शिक्षक मनकुमार जुग्जालीले मंगलामा आसलाग्दो नयाँ प्रतिभा जन्मिएकोमा खुशी व्यक्त गर्दै लिजा पाइजा मगरलाई भोट गर्न समेत अनुरोध गरेका छन् ।

Leave a Reply