रोजगारीको शिलशिलामा मलेसिया पुगेका एक म्याग्देली अलपत्र परेका छन् । म्याग्दीको रघुगंगा गाउँपालिका-१ बेगखोलाका मिमबहादुर राना मगर विगत दुई महिनादेखि अलपत्र अवस्थामा हुनुहुन्छ ।

सुरक्षा गार्डको रुपमा पेनाङमा कार्यरत राना मगरको हात र कम्मर भन्दा मुनीको पुरै भाग नचल्ने अवस्थामा म्याग्दी र बागलुङका यूवाहरुले उद्धार गरी हाल जोरबारुमा राखिएको बागलुङका मोतिलाल किसानले बताउनुभयो । ‘उहाँको अवस्था राम्रो छैन, खाना खुवाउनुपर्छ, तत्काल उद्धार गरी नेपाल पठाउनु आवश्यक छ’ किसानले भन्नुभयो।

मानसिक सन्तुलनमा समेत असर गरेको अवस्थामा भेटिनुभएका राना मगरको साथबाट भेटिएको कागजमा आफन्त रामबहादुर पूर्जा भन्ने उल्लेख रहेको छ । यसैबीच मोना मलेसियाले समेत राना मगरका बारेमा थप जानकारी लिने र चिनजान भएकालाई सम्पर्कमा आउन समेत अनुरोध गरिएको छ ।

Leave a Reply