म्याग्दी जिल्ला पुरुष भलिबलका क्याप्टेन सुजन चोखाललाई म्याग्दी जिल्ला भलिबल संघ र काउँलेगौडा यूवा क्लवले सम्मान गरेको छ । बैदेशिक रोजगारीको सिलसिलामा जापान जान लाग्नुभएका गण्डकी प्रदेश टिमको उप–कप्तान समेत रहनुभएका चोखाललाई संघका अध्यक्ष तेजेन्द्र बानियाँ सहितको टोलीले नगद सहित सम्मानपत्रले सम्मान गर्नुभएको थियो ।

सम्मान कार्यक्रममा संघका अध्यक्ष बानियाँले जापान सहित विभिन्न देशमा रहेका म्याग्देली आवद्ध क्लवमार्फत नियमित भलिबल प्रतियोगिता हुने भएकाले विदेशमा समेत खेललाई निरन्तरता दिन सकिने बताउनुभयो । बेनपा–९ घतानका खेलाडी चोखाल स्थानीय काउँलेगौडा यूवा क्लवले समेत सम्मान गरेको छ ।

जिल्ला, प्रदेश हुँदै राष्ट्रियसम्म क्लवको पहिचान बनाउन महत्वपूर्ण भूमिको उच्च सम्मान गरिएको नगेन्द्र बस्नेतले बताउनुभयो ।

खेलाडी चोखाल गण्डकीको टिममा सेटरको भूमिकमा उत्कृष्ट खेल प्रर्दशन गर्दै आउनुभएको थियो । काउलेगौँडा यूवा क्लवबाट भलिबल खेल्न सुरु गरेका चोखाल गण्डकी प्रदेशको टिममा समेत छन् भने अन्य विभिन्न ब्यवसायीक क्लवहरुबाट समेत खेल्ने गर्नुभएको छ ।

प्रतिभावान खेलाडी चोखालले बैदेशिक रोजगारी रहर नभई बाध्यता भएपनि खेललाई निरन्तरता दिने बताउनुभयो । उहाँले यो सम्मानले प्रोत्साहन र थप हौसुला मिलेको बताउनुभयो ।

Leave a Reply