अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

प्रतिभा माविका किरण सापकोटा अष्ट्रेलियामा उत्कृष्ट प्रधानाध्यापकबाट सम्मानित

On: October 24, 2024 11:31 AM
Follow Us:

पोखराको पालिखेचोकस्थित प्रतिभा माविका किरण सापकोटा अष्ट्रेलियाको राजधानी क्यानेवरमा उत्कृष्ट प्रधानाध्यापक–२०२२ को अवार्डबाट सम्मानित हुनुभएको छ ।

अष्ट्रेलियाको प्रतिष्ठित विश्वविद्यालय अष्ट्रेलियाको नेशनल युनिभर्सिटीमा प्रद्धिस अंग्रेजी म्यागजिन कलेज रिडरद्धारा एक समारोहका बिच सापकोटा नेपाल एजुकेशन अवार्ड अष्ट्रेलियाबाट सम्मानित हुनुभएको हो ।

विगत ३० बर्षदेखि शैक्षिक क्षेत्रमा कार्यरत सापकोटालाई शैक्षिक गुणस्तर सुधार, ब्यवस्थापन, विद्यार्थीको क्षमता विकासमा अतिरिक्त क्रियाकलाप तथा चिकित्सा, ब्यवस्थापन विषयका विद्यार्थीको उत्कृष्ट नतिजा लगायत विभिन्न सूचकका आधारमा विश्वविद्यालयका प्राज्ञिक ब्यक्तिहरु संलग्न जुरी टिमको सिफारिसको आधारमा सम्मान गरिएको ।

म्याग्दीको बेनी नगरपालिका वडा नं २ स्थायी घर भई लामो समयदेखि पोखाराको शैक्षिक क्षेत्रमा सक्रिय रहनुभएका सापकोटा म्याग्दी बहुमुखी क्याम्पसको सञ्चालक समिति सदस्य समेत हुनुहुन्छ ।

यसैबीच सोही अवसरमा प्रतिभा माविलाई काठमाण्डौ बाहिर मावि र उच्च मावि तहमा निरन्तर उत्कृष्ट नतिजा ल्याउँदै आएकोमा आयोजकले आधुनिक, उत्कृष्ट शैक्षिक गुणस्तर, सुविधा सम्पन्नको साथै कुशल व्यवस्थापनको साथ अगाडि बढिरहेको विद्यालयको भन्दै सम्मान गरिएको छ ।

यसैबिच सम्मान कार्यक्रममा किरण सापकोटाले सम्मान ग्रहणपछि खुसी साट्दै थप हौसला मिलेको बताउनुभयो । गण्डकी प्रदेशमा प्रतिभामा गण्डकी प्रदेशभित्रका विद्यार्थीले अध्ययन गर्छन् ।

प्रतिभा पोखराको उत्कृष्ट स्कुलभित्र पर्छ । यो विद्यालय आधुनिक, उत्कृष्ट शैक्षिक गुणस्तर, सुविधा सम्पन्नको साथै कुशल व्यवस्थापनको साथ अगाडि बढिरहेको छ । मन्टेश्वरीदेखि कक्षा १२ सम्म पढाइ हुने विद्यालयमा ११ र १२ का ४० भन्दा बढी सेक्सनमा विभाजन गरी छात्र र छात्रा अध्ययनरत छन् ।

हरिकृष्ण गौतम

हरिकृष्ण गौतम बेनीअनलाइनका संस्थापक सदस्य हुनुहुन्छ।