कास्की,५ कात्तिकः सहकारी ठगी मुद्दामा शुक्रबार पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आइतबार कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै। तस्बिरः कृष्ण दवाडी÷रासस

सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई म्याद थपका लागि अदालतमा उपस्थित गराईएको छ । उनलाई न्यायाधीश चन्द्रकान्त पौडेलको इजदासमा म्याद थपका लागि लगिएको हो । अहिले म्याद थपबारे बहस चलिरहेको छ । रविसँगै उनका व्यापारितक साझेदार तथा नेपाल प्रहरीका पूर्व डीआइजी छविलाल जोशीको पनि बहस जारी छ ।

पक्राउ परेकासँगको बयान नसकिएकोले हिरासतमै राखेर अनुसन्धान गर्न थप म्याद माग्ने प्रहरी र सरकारी वकील कार्यालयको तयारी छ । अनुसन्धानको क्रममा प्रमाण जुटाउने, कागजात मगाउने कार्य भइरहेकोले म्याद थपका लागि आज अदालतमा पेस गरिएको प्रहरीको भनाइ छ ।

गत शुक्रबार रवि पक्राउ परेकै दिन पूर्व डिआईजी जोशीको गत असोज १७ गतेबाट लागु हुने गरी २० दिनको म्याद थप भएको थियो । कास्की जिल्ला अदालतमा आइतबार उपस्थित गराइएका रविको पक्राउ परेकै दिन शुक्रबारबाटै लागु हुने गरी ६ दिनको म्याद थप भएको थियो ।

Leave a Reply