हुने बिरुवाको चिल्लो पात भनेझैं सानैदेखि नृत्यमा रुची राख्ने म्याग्दीको रघुगंगा गाउँपालिका–६,कोटगाउँकी निया घर्ती ‘डान्स धौलागिरी’ प्रतियोगिताको फाइनलमा प्रवेश गरेकी छन् । बाल्यकालदेखि नै नृत्यमा रुची भएका कारण घर्तीले बालमन्दिर माविमा कक्षा १० मा अध्ययनरत छिन् ।

अडिसनबाटै उत्कृष्ट नृत्य देखाउँदै फाइनलमा प्रवेश गरेकी घर्तीले भविस्यमा नृत्यमार्फत ब्यवसायिक बन्न प्रतियोगितामा सहभागि भएको विद्यालयकी शिक्षिका बिर्सना चोखालले बताइन् । ‘नृत्यमा धेरै राम्रो सम्भावना छ, विद्यालयस्तरका धेरै उपाधी समेत जित्न सफल भएकाले हामीले पनि प्रोत्साहन गरिरहेका छौ’ नृत्य प्रशिक्षक समेत रहेकी घर्तीले भनिन् ।

विद्यालयबाट सहभागिता जनाउने जिल्लास्तरीय प्रतियोगितामा घर्तीको नेतृत्व र एकलमा समेत उनलाई नै विद्यालयले प्राथमिकता दिने गरेको छ । कक्षा ३ देखि नै नृत्यमार्फत विभिन्न प्रतियोगिता जितेकी घर्तीले प्रतियोगितामा विजेता बनाउन भोटिङ सहित प्रत्यक्ष सहभागिता जनाएर साथ दिन अनुरोध गरेकी छन् ।

साबिकका धौलागिरी अञ्चल भित्र रहका स्थानीय कला, गला, प्रतिभा, भाषा तथा संस्कृतिलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा उजागर गर्ने उद्धेश्यले प्रतियोगिताको आयोजना गरिएको थियो । प्रतियोगिताको फाइनल शनिबार बेनीमा हुदै छ ।

Leave a Reply