म्याग्दी र पर्वतबाट अष्टेलियाको सिड्नीमा बस्ने यूवाहरूको भेलाले पर्वत बेनी यूनाइटेड क्लव गठन गरेको छ । यूवाहरूले रचनात्मक कार्यहरु सञ्चालन गर्ने गरी गठन गरेको क्लवको अध्यक्षमा रविन्द्र कडेल, उपाध्यक्ष शैलेन्द्र अधिकारी, सचिव नविन केसी,कोषाध्यक्ष असल केसी,सह–सचिव हरि खत्री रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा दिपेश खड्का,रवि मगर, सुमन केसी, सचिन खत्री, गणेश कुमार खत्री, पुकार केसी,उदय खत्री, र्सिजन घिमिर, निशा खत्री, दिपिका खत्री, विकल्प विष्ट रहेको सचिव खत्रीले जानकारी दिए ।

समितिको खेलकुद विभागमा निशान बानियाँ (क्याप्टेन)विजन केसी, पुर्ण थापा,शैलेन्द्र आधकारी,शिशिर भण्डारी,निराजन घिमिरे, योगेश खत्री,सुदिप वरुवाल र पे्रम खड्का रहेका छन् ।

क्लवको समितिको सल्लाहकारमा भलिबल टिम कोच खप्रसाद पुन, दिनेश वरुवाल, देवान कार्की र मनोहर श्रेष्ठ रहेका छन्। क्लवले म्याग्दी र पर्वतका यूवाहरुलाई क्लवमा आवद्धताका साथै खेलकुद सहित विभिन्न रचनात्मक कार्यहरु गर्ने जनाइएको छ । भेलाको अध्यक्षता रबिन्द्र कँडेल, सञ्चालन नविन केसीले गरेका थिए ।

Leave a Reply