दुबै मिर्गौला फेल भएपछि म्याग्दीको रघुगंगा गाउँपालिका-३ फुलवारीका मिर्गौला पिडित चन्द्रबहादुर भण्डारीको उपचारमा सहयोगको याचना गरिएको छ ।

गण्डकी क्षेत्रीय अस्पतालमा उपचार गराइरहनुभएका ४२ बर्षिय भण्डारीको आन्द्रामा समेत समस्या देखिएको र उपचारमा ठूलो खर्च लाग्ने भएकाले आफ्नो क्षमताले उपचार गराउन समस्या भएपछि घरपरिवारले सहयोग गर्न आग्रह गरेका हुन् ।

चन्द्रबहादुरकी श्रीमती लक्ष्मी भण्डारीले श्रीमानको जीवन बचाउनका लागि शुभेच्छुक तथा सहयोगी समक्ष सहयोग गर्न आग्रह गरेकी छन्।

दसैँ लगत्तै अस्पतालमा भर्ना भएर उपचार गराइरहनुभएका भण्डारीको घरपरिवारको अवस्था कमजोर रहेको र आम्दानीको भरपर्दो स्रोत नभएकाले उपचारमा समस्या भैरहेको छ । सहयोग गर्न चाहनेहरुका लागि मिर्गौला पिडित भण्डारीको श्रीमती लक्ष्मी भण्डारीको प्रभु बैँक रघुगंगा शाखामा रहेको laxmi bhandari 1630214248700019 खातामा रकम जग्गा गर्ने व्यवस्था मिलाइएको छ। भण्डारीलाई सहयोग गर्नका लागि मोबाईल नम्बर 9867763309 मा फोन गर्न सकिने जनाइएको छ।

 

Leave a Reply