---Advertisement---

डान्स धौलागिरीकी बिजेता निशाको शिक्षक बन्ने लक्ष्य

On: October 28, 2024 10:14 PM
Follow Us:

डान्स धौलागिरी डान्स पहिलो सिजनको विजेता निशा बुदुजा मगरले । भविष्यमा असल शिक्षक बनेर बालबालिकाको उज्ज्वल भविष्य कोर्ने सपना रहेको बताएकी छन् ।

किङ्ग स्टार क्रियसन प्रालि बागलुङले म्याग्दीको सदरमुकाम शनिबार बेनीको जिल्ला समन्वय समितिको सभाहलमा आयोजित फाइनल अडिसनमा १७ प्रतिस्पर्धीहरूलाई पछि पार्दै उपाधी जितेकी निशाले आफ्नो सफलताको पछि शिक्षककै हात भएकाले भविस्यमा शिक्षण पेशामा जोडिने बताइन् ।

‘मेरो सफलताको ठुलो हिस्सा शिक्षकहरुको हो, मैले पनि नृत्यसँगै शिक्षक बनेर सेवा गर्ने लक्ष्य राखेकी छु’ बेनीअनलाइनसँगको कुराकानीमा भनिन् ।

प्रकाश माध्यमिक विद्यालय बेनीमा कक्षा १२ शिक्षा विज्ञान लिएर अध्ययनरत रघुगंगा गाउँपालिका–१, बान्दुक निवासी निशाले हात पारेको ५० हजार नगदलाई शैक्षिक र क्षमता विकासको क्षेत्रमा खर्च गर्ने बताइन् ।

भर्खर १५ पूरा भएर १६ वर्षमा टेकेकी विजेतानिसा बुदुजा मगरको सफलत भने लोभलाग्दो छ । उनी बुबा लेसबहादुर बुदुजा र आमा रमा बुदुजाको कोखबाट जन्मेएकी हुन् । उमेर कलिलै भएपनि नृत्यको क्षेत्रमाभने उल्लेख उपलब्धिहासिल गरेकीछिन् । उनले यहाँसम्म आईपुग्दाएकल र सामुहिक गरेर दर्जन भन्दा बढि उपाधि जितिसकेकी छिन् ।

“मैले धेरै कलाकारहरूलाई नृत्य सिकाए तर निशाको नृत्य गर्दा संगै टाउको, अनुहार र शरीर एकैपटक नाच्ने कला छ, जुनविरलै पाईन्छ ।“ नृत्य प्रशिक्षक शान्ति रामदाम थप्छिन–“निसाको नृत्य क्षेत्रमा भविष्य उज्ज्वल छ ।“

भर्खर प्रकाश माविमा विज्ञान शिक्षा विषय लिएर कक्षा १२ अध्ययनरत निसाले शान्ति रामदामको प्रशिक्षणमा मगर संघले आयोजना गरेको सालैजो शिरफुले नृत्य प्रतियोगितामा प्रथम र म्याग्दी क्याम्पसले आयोजना गरेको तीज नृत्य प्रतियोगितामा द्वितीय बनाउन सफल भएकी थिइन् ।

साथै म्याग्दी जेसीजले तयार गरेको म्युजिक भिडियो बेनीको बजार र पानीखायो बाघैले (सालैजो) मा नृत्य गरेकी छिन् । “निशा पढाइमा पनि प्रथम भएकी छात्रा हुन् ।“ प्रअ लेखबहादुर हमाल थप्छन–“पढाइको साथसाथै अनुशासित अनि नृत्य, भलिवल र वकृत्वकलामा अब्बल निसा जस्तो विद्यार्थी विरलै पाईन्छ ।“

निशा निकै संघर्ष गरेर मात्र यहाँसम्म आइपुगेकी हुन् । बुबा र आमा सामान्य कृषक रहेर पनि निशा को सधैं साथमा साथ रहेकाछन् । निशा भावुक हुदै भन्छिन् – “बुबाआमाले जुन क्षेत्रमाहात हाल्छस्, सफल भएस्, हाम्रो आशिर्वाद छ भन्नुहुन्छ अनि उत्साहित हुन्छु, थपहौसला मिल्छ ।

उनको सफलताको पछाडि कालिका माध्यमिक विद्यालय तिप्लाङका प्रअ कुसुम पुर्जाको ठुलो हात रहेको छ । “म जे छु, कुसुम मिसको कारणले छु ।आमा सरह जिम्मेवारी निभाउनस भएको छ । म उहाँलाई धन्यवाद दिने कुनै शब्दनै छैन ।“ निशा खुशी व्यक्त गर्छिन् ।

उनले आफ्नो लागि प्रकाश माविका सहायक प्रअ बिनय श्रेष्ठको हौसला र आत्मविश्वास जगाउने कार्य समेत सफलताको कारण रहेको बताइन् । विद्यालयबाट प्राप्त साथ र सहयोगले आफ्नो सपना पुरा हुदै गएको बताइन् ।

निशको चर्चा किङ स्टार क्रियसन प्रालिले आयोजना गरेको डान्स धौलागरी डान्सको पहिलो र दोस्रो चरण पार गरेपछि थप चुलिएको थियो बुन्दै नृत्यमा चक्किदै गरेको निशाको सपना साकार बनोस्, डान्स धौलागिरी डान्सको उपाधिचुमेकोमाबधाई तथाथप सफलताको शुभकामना !