आहा ! क्या सुन्दर चांगा खर्क, घुम्नुहोस एकपटक (फोटो फिचर)

0
8
default

म्याग्दीको मंगलाको चांगा खर्क गाउँपालिका–५, को चांगाखर्क पदयात्राका लागि नयाँ गन्तब्य भएपनि प्रचारप्रसार र पुर्वाधारको अभावका कारण ओझेलमा परेको छ । सिर्कुम गाउँको शिरमा समन्द्री सतहदेखि २२ सय ५० मिटरको उचाइमा अवस्थित चांगाबाट धौलागिरी, अन्नपूर्ण, गुर्जा, चुरेन, मानापाथी, नीलगिरी र माछापुच्छ्रे हिमाल देख्न सकिन्छ ।

default

सडक सञ्जाल सहित कोलाहलमा यात्रा गर्ने पर्यटकलाई सुन्दरताको खानी चांगा आर्कषक गन्तब्य बन्ने वडा अध्यक्ष भुपेन्द्रबहादुर खत्री क्षत्रीले बताउनुभयो । हिमाली मुस्कान, चराको चिरबिर र जंगलको हरियाली मुख्य आर्कषण भएको अध्यक्ष खत्री क्षत्रीको भनाई छ ।

default

मंगला गाउँपालिका भित्र रहेका पर्यटकीयस्थलमा टोड्के र चिनाकोट दरबार, झाँक्रीपानीमा आन्तरिक पर्यटक पुग्ने भएपनि तीनचुले र चाङ्गाखर्कमा कम पुग्ने भएकाले प्राथमिकतामा राखेर प्रचारप्रसार तथा पुर्वाधारमा जोड दिने गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो ।

default

आन्तरिक पर्यटकमात्रै पुगेपनि स्थानीय उत्पादन सहित आर्थिक गतिविधि बढ्ने अध्यक्ष रोकाको भनाई छ । चांगा खर्कमा बराह मन्दिर रहेको छ भने समथर भुभागमा विविध गतिविधिका लागि सम्भावना रहेको छ ।

अहिले दिउँसोको समयमा घुम्न जानेहरु राती फर्किने गरेको अवस्थामा खर्कमा खाना र बास बस्ने सुविधा भएमा पर्यटकको आगमन बढ्ने स्थानीयको भनाई छ ।

default

क्याम्पिङ गरेर बस्ने राम्रो स्थानहरु छ भने सिर्कुम गाउँमा खानेबस्नेको कुनै समस्या छैन । जैविक विविधताका हिसाबले पनि चांगा आकर्षक मानिने भएकाले जडिबुटी र बन्यजन्तु प्रस्तस्तै भेटिन्छन् ।

default

यहाँ पुग्न सदरमुकाम बेनीबजारबाट ३५ किमीको यात्रापछि सिर्कुम गाउँ पुगिन्छ भने त्यहाँसम्म सडक सञ्जाल सहज छ। त्यहाँबाट सहजै एक घण्टाको पदयात्रामा चाङ्गा खर्कमा पुग्न सकिन्छ । पदयात्राबाट त्यहाँ पुग्दा सुन्दरता पोखिएको र आसपासका दृष्यले सबैलाई मोहित बनाउने गर्दछ । तस्वीर सौजन्य किरण कार्की