अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा निरन्तर वृद्धि भएको छ ।त्यसको प्रभाव नेपाली बजारमा पनि परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज प्रतितोला सुन २२ सयले बढेर एक लाख ७० हजार ७ सयमा कारोबार भएको छ ।
मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी,चाँदीको मूल्य प्रतितोला १५ ले बढेर २१ सय २० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । मंगलबा। एक तोला चाँदी २१ सय ५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।