तिहारको कुरा आउँदाहामी सबैलाई दीपावली, झिलिमिलीबत्तीहरू, देउसी–भैली, पूजा र मिठाइहरूको झल्को आउँछ । तर के तपाईँले कहिल्यै गहिराइमा सोच्नु भएको छ, तिहार वास्तवमा के हो ? के तिहार केवलबाहिरी उत्सवहो त ? कि यसको कुनै गहिरो अर्थ छ ?एउटायस्तो अर्थ जसले हाम्रो जीवनलाई रूपान्तरण गर्न सक्छ ।
तिहारलाई यदिआध्यात्मिक दृष्टिकोणबाट हेर्ने हो भने यो पर्व चेतनाको दीप जलाउने पर्व हो । बाहिरी रूपमा हामीले घर सजाउँछौँ, दीयो बाल्छौँ तर भित्रपनि हामीले केही त जलाउनै पर्छ, जसले हाम्रो आध्यात्मिक यात्रा तय गर्न सजिलो होस् । जब तपाईं आफ्नो मनको अन्धकारमा प्रकाश ल्याउनुहुन्छ, त्यो नै वास्तविक तिहार हो । बाहिरी दीपले केवल तपाईंलाई समयभर उज्यालो दिन सक्छ, तर भित्र जलाइएको दीपले तपाईंको सम्पूर्ण जीवनमा प्रकाश फैलाउँछ ।
तिहार पर्वको पहिलो दिनलाई कागतिहार भनिन्छ, कागलाई यमराजको सन्देश वाहकको रुपमा सम्मानको साथपूजाआजा गरिन्छ । यमराजको सन्देशवाहकलाई आदर गरी पुजा गर्नु भनेको जीवन र मृत्युलाई समान दृष्टिले हेर्नु हो । यसले हामीलाई मृत्युको डर हटाएर जीवनको प्रत्येक क्षणलाई सचेत रूपले र प्रेमपूर्वक बाँच्न प्रेरित गर्छ । यसरी कागतिहार केवलबाह्यपूजाहोइन, यो मृत्यु र जीवनको रहस्यलाई आध्यात्मिक हिसाबले बुझेर सन्तुलन ल्याउने अवसर पनि हो ।
तिहारको दोश्रो दिनहामी कुकुरको पूजागर्छौं । कुकुरलाई निष्ठाको प्रतीकमानिन्छ । कुकुरको एउटाविशेषता छ– कुकुर निष्ठावान् हुन्छ, सजग हुन्छ । यहीनिष्ठा र सजगतातपाईको जीवनमापनिल्याउनु अतिआवश्यक छ । चेतनाको दीप जलाउनको लागितपाईं निष्ठावान् हुनुपर्छ, सतर्क हुनुपर्छ । त्यति बेलामात्र तपाईं साँचो तिहार मनाउन सक्षम हुनुहुने छ ।
तिहार पर्वको तेस्रो दिनगाई र लक्ष्मीपूजा गरिन्छ, गाईको पूजा गर्नु भनेको प्रकृति र प्राणी प्रतिको कृतज्ञताप्रकट गर्नु हो । गाई तिहारले हाम्रो जीवनमा प्रेम र सेवाभावको महत्व दर्शाउँछ । लक्ष्मीपूजामाधन र ऐश्वर्यको प्रतीकस्वरूपदीयो बालिन्छ र घरमा सफाइतथा सजावटगरिन्छ, जसले बाहिरी वातावरणमा सकारात्मकऊर्जा ल्याउँछ । तर लक्ष्मीपूजा केवलबाहिरी धनप्राप्तिमामात्र सीमित छैन । धन र ऐश्वर्य तब मात्र अर्थपूर्ण हुन्छ जब मनभित्रशान्ति र आनन्दहुन्छ । लक्ष्मीपूजागरिनु भनेको केवलधनसँगआशक्ति राख्नु होइन, बरु धनलाई सहीदिशामाप्रयोग गर्नुपर्छ भन्ने कुरा बुझ्नु हो । धनमाहाम्रो नियन्त्रणहुनुपर्छ, धनले हामीलाई नियन्त्रण गर्न नपाओस् भन्ने चेतनाजागृत गर्नु नै लक्ष्मीपूजाको मर्म हो । बाहिरको संसारमा सफल र सम्पन्नहुनुभन्दापहिले भित्रको संसारमाआध्यात्मिकरुपले सन्तुलितहुनआवश्यकहुन्छ । आध्यात्मिक दृष्टिमालक्ष्मीले भनिरहेकीछिन्, “बाहिरी सम्पन्नता र भित्रीशान्तिएउटै धागोमा गाँ सिएका छन् ।“
तिहारको चौथो दिनगोवर्धन पर्वत, बली, गोरु र हलिको पूजाआजागरिन्छ । आध्यात्मिक रूपमागोवर्धन पूजाप्रकृति र सहअस्तित्वको सम्मानहो । हामीप्रकृतिको हिस्सा हौँ र यसको रक्षा गर्नु हाम्रो दायित्वहो । साथै यो पूजा अहङ्कारको विसर्जन र विनम्रताको पाठहो । बलीपूजाको आध्यात्मिक अर्थ त्याग र समर्पणहो । आध्यात्मिक रूपमागोरु र हलिको पूजाश्रम र सेवाको सम्मानहो । श्रम बिनाजीवनमावास्तविक समृद्धि सम्भव छैन । यस पूजामार्फत हामीश्रमप्रतिको सम्मान र कृतज्ञताको भावनाजागृत गर्छौं ।
नेपाली समाजमा तिहारको अर्को महत्वपूर्ण पक्षहो– देउसी–भैली । देउसी–भैली के हो ?यसले के सन्देश दिन्छ? सामान्यतया मानिसहरूले यसलाई रमाइलोको रूपमामात्र हेर्छन् । तर देउसी–भैलीभनेको समाजसँगको एकताको प्रतीकहो । जब तपाईं देउसी–भैली खेल्नुहुन्छ, तपाईं केवल रमाइलोमात्रगरिरहनु हुन्न, तपाईं आफ्नो समाजसँग, आफ्नामानिसहरूसँग, आफ्नो समुदायसँग एउटा गहिरो सम्बन्ध स्थापित गर्नु हुन्छ । यो एकताले तपाईलाई वास्तविक तिहारको अनुभूति दिन्छ ।
देउसी–भैली खेल्दा हामी दान दिन्छौँ । यो दान के हो ? के तपाईंलाई लाग्छदान केवल पैसा वा सम्पत्ति हो ?होइन । दानभनेको तपाईंको स्वभाव हो, तपाईंले दिनजान्नु पर्छ । तपाईंले दिने समयमा तपाईले सानो कुरा दिएजस्तो लाग्न सक्छ, तर त्यो दिने भावनाले तपाईंलाई भित्रगहिरो आनन्द प्रकट गर्छ । वास्तविक दानभनेको भौतिकवस्तु होइन;त्यो त चेतनाको दान हो । जब तपाईं अरूसँग बाँड्न सिक्नुहुन्छ, तपाईंको आत्मा प्रकाशमय हुन्छ ।
तिहार पर्वको अन्तिम दिनलाई भाइटीका भनिन्छ, जुनदाजु–बहिनी, दिदी–भाइको निस्वार्थ प्रेम र आत्मीयताप्रकट गर्ने विशेष अवसर हो । यो दिनदिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु, कल्याण र समृद्धिको कामनागर्दै निधारमा टीका लगाइदिन्छन् र दाजुभाइहरूले आफ्नो दिदीबहिनीको सुरक्षा र सम्मानको वचन दिन्छन् ।
भाइटीका यमराजसँग सम्बन्धित एउटा पौराणिक कथासँग पनि जोडिएको छ। भनिन्छ, यमराजआफ्नो प्रिय बहिनी यमुनासँग भेट्न जान्छन् र दिदीले टीका र मिठो भोजनले उनको स्वागतगर्छिन् । यमराजले खुशीभएर आफ्नीबहिनीलाई आशीर्वाद दिन्छन् कि यो दिनदाजु–बहिनीबीच टीका लगाउनेहरूलाई मृत्युभयले छुन सक्दैन । आध्यात्मिक रूपमा यस कथाले मृत्यु र जीवनबीचको सन्तुलनलाई दर्शाउँछ। यो जीवनको अस्थायित्वप्रति सजग हुँदै पनि प्रेम र आत्मीयताका साथबाँच्नु पर्छ भन्ने शिक्षा दिन्छ। भाइटीकाले मृत्यु भयबाट मुक्त गराउने प्रतीकात्मक अर्थ राख्छ, किनकि प्रेम र आत्मीयता नै यस्तो ऊर्जा हो, जसले हरेक संकटलाई जित्न मद्दत गर्छ।
तिहार वास्तवमा बाहिरी उज्यालो र भित्री प्रकाशको पर्व हो । काग, कुकुर,गोवर्धन पुजा, देउसी–भैली, दान, लक्ष्मीपूजा, यी सबै केवल बाहिरी कर्मकाण्डमात्र होइनन्, यी त चेतनाको जागरणका सूचक हुन् । बाहिरी दीपजस्तै तपाईंले आफ्नो भित्री संसारलाई पनिउज्यालो बनाउनु पर्छ । चेतनाको दीपजलाउनुभन्दाअगाडि तपाईंले आफ्नो मनको अन्धकार हटाउनुपर्छ । तिहार भनेको साँचो अर्थमा चेतनाको यात्रा हो, जहाँ तपाईं आफूलाई, आफ्नो समाजलाई र सम्पूर्ण ब्रह्माण्डलाई प्रेम र प्रकाशमा बाँध्नुहुन्छ ।
–सञ्जय जुग्जाली
मालिकागाउँपालिका –०७, बिम, म्याग्दी