पर्वतारोहणको क्षेत्रमा विश्व कीर्तिमान गर्नुभएका निर्मल पुर्जा ‘निम्स दाई’लाई म्याग्दी मगर समाज काठमाण्डौ उपत्यकाले शुक्रबार एक समारोहका बिच सम्मान गरेको छ ।
हालै बिना अक्सिजन (पूरक अक्सिजन) ८ हजार मिटरभन्दा अग्ला सबै १४ चुचुरोसँगैसातै महादेशका अग्ला हिमाल (सेभेन समिट) आरोहण गर्ने विश्वकै एकमात्र आरोही बन्न सफल हुनुभएका आरोही पुर्जालाई संस्थाका अध्यक्ष कमलराज पुनले सम्मानपत्रले सम्मान गर्नुभएको हो ।
सोही अवसरमा संस्थापक पूर्व अध्यक्ष तथा सल्लहाकार चित्र बहादुर गर्वुजा, पूर्व अध्यक्ष तथा सल्लहाकार तुल प्रसाद पुनले फेदा लगाएर सम्मान गर्नुभएको थियो ।
समाजका अध्यइा पुनले म्याग्दी जिल्लामा जन्मिएर पर्वतारोहणको क्षेत्रबाट विश्वमै चिनिएको अवसरमा सम्मान गर्न पाउँदा उत्साहित भएको बताउनुभयो । आरोही पुर्जाले पर्वतारोहण क्षेत्रमा नेपालमा धेरै गर्न सकिने भएकाले आफुँले आर्कषक जागिर सहितको सुविधा छोडेर यो क्षेत्रमा प्रवेश गरेको बताउनुभयो ।
‘हामीले सुरु गरेको आरोहण सहितको प्रचारप्रसारले अहिले ६० प्रतिशत पर्वतारोणको क्षेत्रमा पर्यटक बढेका छन्,‘नेपाललाई सहासिक पर्यटनको हब बनाउने वातावरण राज्यको निकायबाट भएमा ठूलो लाभ लिन सकिन्छ’ पर्वतारोही पूर्जाले भन्नुभयो।
पर्वतारोही पूर्जाले ८ हजार मिटरभन्दा अग्ला सबै १४ चुचुरोमा ५० पटक पाइला टेकिसक्नुभएको छ भने उहाँको नाममा विभिन्न १४ वटा विश्व रेकर्ड छ । १६ वर्ष बेलायती सेनामा काम गरेका निम्स दाइले हिमालमा मृत्युको पखाईमा अलपत्र आरोहीलाई समेत निशुल्क उद्धार सहित आपतकालिन अवस्थामा सेवा दिएबापत समेत विश्वप्रसिद्ध सम्मान समेत पाइसक्नु भएको छ ।