अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

अबरुद्ध भएको बेनी-जोमसोम सडकमा यातायात सञ्चालन

On: November 5, 2024 11:16 AM
Follow Us:
---Advertisement---

सोमबार साँझदेखि अबरुद्ध भएको म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक मर्मतपछि सुचारु भएको छ ।

रघुगङ्गा गाउँपालिकाको बैसरी र अन्नपूर्ण गाउँपालिकाको महभिरमा पहिरो खसेका कारण सोमबार अपराहन्न देखि अवरुद्ध बनेको बेनी जोमसोम सडक मंगलबार बिहान १० बजेदेखि सञ्चालन भएको जिल्ला जिल्ला ट्राफ्रिक प्रहरी कार्यालय म्याग्दीका प्रमुख राजकुमार केसीले जानकारी दिनुभएको छ ।

सडक अवरुद्ध हुँदा म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङका बासिन्दाका साथै घुम्न आएका पर्यटकहरू बिचबाटमै रोकिएका थिए । सडकखण्ड अन्तरगत बैसरी र महभीर सामान्य बर्षामा पनि अवरुद्ध हुने गरेको छ ।