भुईंसम्मै टेकेँ मैले तिमी टेक्नु धुरी
पाखुरीमा ताकत रहेसम्म बोकिहिँड्छु
हालेर काँधेकुरी‘

अहिले बिहानदेखि मध्यरातसम्म हाउसफुल चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’मा बजेका धुनहरूका लागि गायक तथा सारङ्गीवादक हेमन्त कान्छा रसाईलीले धेरै मेहनत गरेका छन् ।

सारङ्गी रेटेर जीवन गुजारा गरिरहेको पूर्णबहादुर गन्धर्व (विजय बराल)को संघर्ष र दैनिकीमा केन्द्रित चलचित्रमा गुन्जिएका धुनहरू सबै सारङ्गीवादक रसाइलीका हुन् ।

नेपाली मौलिकताको सुगन्ध बोकेको बाबु–छोराको सम्वन्धलाई मार्मिकरुपमा वर्णन गरिएको चलचित्रमा गन्धर्व र सारङ्गीले नै दर्शकलाई हलभित्र र बाहिर भाबुक बनाइरहेको छ । सिंगै चलचित्र नै नायक बराल र सारङ्गीको धुनसँगै निस्किएको गीतसँगै जोडिएको विषयबस्तु वरिपरि घुमेको छ ।

म्याग्दीको मालिका गाउँपालिका वडा नं ४ का रसाइलीले अर्को हिट फिल्म छक्का पन्जा,कुशुम (रुकुम मैकोट),ज्वाई साब, महापुरुष, प्रसाद फिल्मको लै-लै र सेल्फी किङ्ग (जिन्दगी को के छ र भर), दर्पण छायाँ-२, प्रदेशी लगायतका करिब २० ठूला फिल्ममा सारङ्गी धुनहरू बजाएका छन् ।

पर्दा पछाडी बसेर होस् या अगाडी आफ्नो कर्मप्रति गर्व गर्न सक्ने सारङ्गीवादक रसाईलीले चलचित्र सहित गीतहरू गरी १५ हजार सयभन्दा बढी गीतमासारङ्गीको धुन मिसाएका छन् ।

‘चलेका नेपाली चलचित्रमा पर्दापछाडी बसेर काम गर्न पाउँदा निकै खुसी छु, अहिलेसम्म हिट चलचित्रहरूमा सहकार्य गर्न पाउँदा थप मेहनत गर्ने उर्जा थपिएको छ’ गायक रसाईलीले भने।

नेपालमा चलेका चलचित्रमा सारङ्गी को धुन चहियो भने सबैले सम्झिन थालेपछि अबको दिन सम्भावनासँगै चुनौती पनि धेरै रहेको उनको भनाई छ ।

हातले सारङ्गी, तबला, हार्मोनियम र सर्जक, संगीतकार, गायनमा ब्यस्त रसाईलीलाई बहुप्रतिभाका खानी मानिन्छ ।सांगीतिक क्षेत्रमा लम्किएका गायक रसाइलीले तयार गरेका धेरै धुनहरूमा मेहनत पोखिएको छ ।

उनले सारंगी जति रेटिन्छ उति तिखारिने बताउँछन् । बि।स २०५८ सालमा भविस्यको खोजीमा म्याग्दीबाट काठमाण्डौ हानिएका रसाईलीले अहिले चलेका चलचित्र, करोड क्लवमा प्रवेश गरेका म्यूजिक भिडियोमा धेरै अफर पाएका छन् । ‘मेरो चिनारी यही होे साथी नै सारङ्गी हो ।’

रहर र चाहना हुदैमा जो कोहीले सारङ्गी बजाउन नसक्ने भएकाले थेरैले नियमित अवसर पाइरहेको भएपनि उत्कृष्ट धुन निकाल्ने र मेहनत गर्नेहरु नै रोजाईमा पर्ने गरेका छन् ।

जापानमा भविष्य राम्रो छ भनेर कमाएको पैसा समेत फसाएका रसाईलीले विदेशमा कमाउने सपनालाई बिट मारेर सांगीतिक क्षेत्रमा लागेको बताउँछन् । स्वदेश तथा विदेशमा सांगीतिक यात्रामा समेत निस्कने गरेका रसाईलीले जन्मभूमि म्याग्दीमा हुने महोत्सव सहित गाउँका मेलाहरुको निम्तोलाई समेत स्वीकार गरी आउँछन् ।

 

Leave a Reply