रोजगारको शिलशिलामा युएईमा आएका म्याग्दीको बेनी नगरपालिका-३,चिनाखेत भकिम्लीका देउबहादुर छन्त्याललाई म्याग्दी प्रवासी नेपाली संघ (मोना) युएईको पहलमा घर पठाईएको छ। विगत चारमहिना देखि कम्पनीको काम छोडेर अलपत्र परेका छन्त्यालको खुट्टामा जटिल समस्या भएको अवस्थामा उद्धार गरिएको थियो ।

नयाँ कम्पनीमा काम पनि गर्न नसक्ने र खुट्टाको खम्भीर घाउँको उपचार यूएईमा सम्भव नहुनेभएपछि मोना यूएईको पहलमा टिकट खर्चको ब्यवस्थापन गरी बुधबार नेपाल पठाईएको मोना यूएईका महासचिव काजीमान बुढाथोकीले बताउनुभयो । ‘गैरकानुनी रुपमा बस्नेहरुलाई उद्धार र फिर्ती अभियान सञ्चालन गर्ने समस्या हुन्छ, समस्या परेमात्रै संस्थामा आउनेहरु धेरै छन, सदस्यता लिएर सम्पर्कमै बस्न धेरै अनुरोध गर्ने गरिएको छ’ महासचिव बुढाथोकीले भन्नुभयो । पीडित छन्त्यालले कम्पनी छोडेको केही समयमा खुट्टामा घाउ भएको थियो ।

आर्थिक अभाव भएपछी खुट्टाको उपचार गराउन नसक्दा घाउमा ईन्फेक्सन भएर खुट्टा नै फाल्नुपर्ने अबस्थामा घर फिर्तीपछि काठमाण्डौमा उपचारका लागि पहल भएको महासचिव बुढाथोकीको भनाई छ । नेपालमा पुगेर छिटो उपचार गराउनका लागि छन्त्याललाई रोजगारको शिलशिलामा युएईमा रहेका म्याग्देलीहरुको आर्थिक सहयोगमा नेपाल पठाउने ब्यवस्थापन गरिएको थियो ।

छन्त्याललाई चाडै पठाउने तयारी भएपनि उपचारत कुवेटी अस्पतालमा शरिरमा अन्य जटिल समस्याले जोखिम मोल्न नसक्दा ढिलाई भएको थियो । अस्पतालमा कार्यरत म्याग्दीको बेनीनगरपालिका ४ सिंगा जन्मघर भएका छिस्वाङ्ग बस्ने सुमित शाहीको विशेष पहलमा उपचारसंगै २ लाख ८० हजार रुपैयामा अस्पतालामा लागेको खर्चमध्ये छुट गराएर नेपाल पठाउन सहयोग गर्नुभएको थियो ।

छन्त्यालको उपचारमा सहयोग गर्नुहुने सुमित शाही र आर्थिक सहयोग गर्नुहुने मोनामा आवद्ध म्याग्देली र एयरपोर्टसम्म पु¥याउन सहयोग गर्नुहुने सबैलाई मोना यूएईको तर्फबाट बरिष्ठ उपाध्यक्ष किरन खत्रीले आभार ब्यक्त गर्नुभएको छ । खाडीमुलुकमा अवैध काम गर्नेहरु समस्यामा पर्दा उद्धार तथा राहतमा मोनालाई झन्झट हुने गरेको छ ।

Leave a Reply