पर्वतको जलजला गाउँपालिकाका प्रधानाध्यापकलाई तीनदिने नेतृत्व, क्षमता विकास र विषयगत शिक्षकका लागि कार्यविधि अभिमुखिकरण तालिम शनिबार सम्पन्न भएको छ ।
गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा क्षेत्रीय कृषि अनुसन्धान निर्देशनालय लुम्ले कास्कीमा सम्पन्न भएको तालिममा गाउँपालिका भित्रका सामुदायिक विद्यालय सुधार योजनामा केन्द्रित भएको थियो ।
तालिमको उद्घाटन गदैं गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले सामुदायिक विद्यालयमा विद्यार्थीको आर्कषण बढाउन शैक्षिक गुणस्तर अनिवार्य भएको बताउँदै नेपालमै नमुना शैक्षिक पालिका बनाउने अभियानमा विद्यालय परिवारको योगदान धेरै हुने बताउनुभयो ।
विद्यार्थीहरुको सिकाइ क्षमता सुदृढ बनाउनका लागि हालसम्म गरिएका प्रयास उत्साहजनक रहेकाले थप योजनाका लागि प्रअहरुलाई क्षमता विकासमा केन्द्रित भएको अध्यक्ष आचार्यको भनाई थियो ।
तालिममा गाउँपालिका भित्रका ४४ विद्यालय प्रअ र बिषयगत शिक्षकहरु सहित ७० जनाको सहभागिता रहेकोमा सहभागीहरुले तालिमले विद्यालय राम्रो गर्ने सोचलाई पूर्ण बनाउन उर्जाको काम गरेको भनाई राखेका थिए ।
तालिममा सहभागि प्रअहरुले विद्यालय सफल बनाउन शिक्षक, विद्यार्थी र अभिभावसँगै नितिगत तहबाट समेत समस्या समाधान हुनुपर्नेमा जोड दिइएको थियो । तालिममा सिटिएफ नेपालका अध्यक्ष बद्री दाहाल र सहायक प्रशिक्षक दिनेश थापाले सहजीकरण गर्नुभएको थियो ।
तालिमको समापनको अवसरमा सिकेको सीपको प्रयोग भएको छ÷छैन भन्नेबारेमा अनुगमन गरिने र समस्या समाधानका लागि शिक्षा शाखाको गतिविधिलाई थप प्रभावकारी बनाउने उपाध्यक्ष दिपक आचार्यले बताउनुभयो । शिक्षा शाखा प्रमुख यज्ञप्रसाद लामिछानेको सञ्चालनमा तालिम सम्पन्न भएको थियो ।