बेनीमा गरिमा विकास बैंकको क्षेत्रीय कार्यालय

0

गरिमा विकास बैंकले म्याग्दीको सदरमुकाम बेनीबजारमा क्षेत्रीय कार्यालय स्थापना गरेको छ । आधुनिक बैंकिङ, ग्रामीण बैंकिङ सहित ग्राहकको सेवालाई उच्च प्राथमिकतामा राख्दै आफ्नो सेवा विस्तार गरिरहेको बैंकले म्याग्दी, बागलुङ र पर्वतका ८ शाखा हेर्ने गरी स्थापना गरेको हो ।

धौलागिरीभित्र म्याग्दीमा बेनीबजार, पश्चिम म्याग्दीको बावियाचौर, दरबाङ, उत्तरी म्याग्दीको पोखरेबगर, बागलुङ जिल्लाको सदरमुकाम बागलुङ, बुर्तिवाङ, पर्वत जिल्लाको सदरमुकाम कुस्मा र फलेबासमा शाखा रहेको क्षत्रीय प्रमुख कमलप्रसाद ढुंगानाले बताउनुभयो ।

‘क्षेत्रीय कार्यालयमार्फत शाखाको कार्यसम्पादनमा सघाउन नियमित अनुगमन गरिने छ,समुदायमा आधारित कार्यक्रमहरूको निरन्तरतासँगै वित्तिय साक्षरता र पहुँच पुर्याउन सघाउने छ’क्षेत्रीय प्रमुख ढुंगानाले भन्नुभयो ।

म्याग्दीमा केन्द्रिय कार्यालय रहेको साविकको निलगिरी विकास बैंकबाट बि.स २०६४ सालमा सेवामा प्रवेश गर्नुभएका ढुंगानाले बेनी शाखा र पोखराको लेखनाथमा रहेको शाखा प्रमुखको जिम्मेबारी सम्हालिसक्नुभएको छ।

विकास बैंकमध्ये ‘नम्बर वान’ बैंक बन्ने गतिका साथ अगाडी बढिरहेको बैंकले प्रविधिको विकास र विस्तारलाई उच्च प्राथमिकतामा राखेको छ।

काठमाण्डौको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको बैंकले १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५२ वटा एटीएममार्फत ग्राहकहरुलार्ई वित्तीय सेवा प्रदान गर्दै आईरहेको छ । गरिमाको प्रदेश कार्यालय सहित देशभर १० वटा क्षेत्रीय कार्यालय रहेको छ ।

Leave a Reply