मेची-महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत २८ दिनकाे अवधिमा २ सय ९ जनाकाे उद्धार गरिएकाे छ । उद्धार यात्राका क्रममा अाइतबार काठमाडौँका विभिन्न स्थानबाट ८ जना  सडकअाश्रित मानवहरु उद्धार गरिएकाे हाे ।
अाइतबार उद्धार हुनुभएका ७ जना पुरुष र १ जना महिलालाई मानवसेवा अाश्रम रानीवन सेवाकेन्द्रमा संरक्षणका लागि राखिएकाे छ  ।
असाेज २८ गतेबाट झापाकाे मेचीनगरदेखि सुरु भएकाे यात्रा २८ अाैँ दिन काठमाडौँमा अाइपुग्दा २ सय ९ जना सडकअाश्रित मानवहरुकाे उद्धार गरिएकाे मानवसेवा अाश्रमका संस्थापक केन्द्रीय अध्यक्ष रामजी अधिकारीज्यूले   बताउनुभएकाे छ  ।
 मेची- महाकाली  उद्धार यात्राकाे २८ अाैँ दिनकाे अवधिमा उद्धार हुनुभएका १६२ जना पुरुष र ४७ जना महिलाकाे सङ्ख्या मध्ये ५ बालिका र ४ बालक पनि रहेका छन् ।
‘यो पटककाे चाडपर्वमा कसैले बस्न नपराेस् सडकपेटीमा’ भन्ने मूल नाराका साथ मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा उद्धार यात्रा सुरु भएकाे हाे ।
राष्ट्रिय उद्धार टाेली अाइतबार काठमाडौँकाे वनस्थली, धुम्बाराही, चावहिल, जयबागेश्वरी, गाैरीघाट, बौद्ध, बुढानिलकण्ठ लगायतका क्षेत्रमा उद्धार सेवाका लागि खटिएकाे हाे ।
साथै मेची-महाकाली राष्ट्रिय उद्धार टाेली साेमबार पनि काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरुमा  रहनुभएका सडकअाश्रित मानवहरुकाे उद्धारमा खटिनेछ ।

Leave a Reply