म्याग्दी प्रवासी नेपाली संघ मोना क्रोसियाको दोस्रो भलिबल कपको उपाधी आयोजकले जितेको छ । क्रोसियामा रहेका म्याग्देलीको साझा संस्था मोनाले भलिबल खेलमार्फत नेपाली बिचको एकता र सहकार्यलाई प्रभावकारी बनाउन आयोजित प्रतियोगितामा उपविजेता पश्चिम राप्ती भएको छ ।
११ टिमको सहभागिता रहेको प्रतियोगितामा मोना क्रोसियाका बिमल सुनार सर्वोत्कृष्ट खेलाडी, बेस्ट स्पाइकर राप्तीका अनिल क्षेत्री, बेस्ट सेटर मोनाका पुस्कर मगर र दु्रत स्पाइकर मोनाका नबिन मगर घोषित भएको मोना क्रोयसियाका अध्यक्ष रुपेस सुन्दासले बताए ।
प्रतियोगितामा प्रथम, द्धितियले क्रमश १ हजार १० यूरो, ६०६ यूरो, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।प्रतियोगितामा मार्केट बास्केटले दोस्रो पुरस्कार सौजन्य र उत्कृष्ट खेलाडीलाई १ सय यूरो र ३ किलो घिउ उपहार दिएको छ। मोनाले भलिबलमा यो सँगै ९ पटक उपाधी जितेको जितेको छ । यसैबीच सोही अवसरमा भाग्यशाली चिठाको बिजेतालाई समेत पुरस्कार वितरण गरिएको थियो ।