शिव सुवेदी एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजीमा पीएचडी र पोष्टडक गरेपछि स्विट्जरल्याण्डको लुसेन विश्वविद्यालयमा भूकम्पविद् हुन्। सन् २०१७ देखि भूकम्प जागरूकता र नेपालमा जीवन मृत्युको प्रश्न भएकाले यसको तयारी बढाउन शैक्षिक भूकम्प विज्ञान परियोजनामा काम गर्दै आएका छन् ।

हालै ‘जज कमेन्डेसन’ अवार्डको द जोन म्याडक्स प्राइज २०२४ विकाशोन्मुख मुलुकबाट मनोनयनमा पर्ने तपाई एक्ला बैज्ञानिक सुबेदीले नेपालका सामुदायिक विद्यालयमा भूकम्पीय शिक्षा र यन्त्र जडान गरी सचेतनामुलक अभियान सञ्चालन गरेका थिए । यसै विषयमा डा. सुबेदीसँग बेनीअनलाइनले गरेको छोटो कुराकानी

नेचर जर्नलले दिने द जोन म्याडक्स प्राइजमा ‘जज कमेन्डेसन’ अवार्ड प्राप्त गर्नुभएकोमा बधाई छ ।
धेरै धन्यवाद, हजुरहरुको मायाले गर्दा यो सम्भव भएको हो ।

द जोन म्याडक्स प्राइज २०२४ मा कसरी छनौट हुनुभयो ?
हरेक बर्ष नेचर जर्नल र साउण्ड अबाउट साइन्स भन्ने संस्थाको संयुक्त आयोजनामा विश्वका बैज्ञानिकहरुमध्ये बाट उत्कृष्ट छान्ने काम हुन्छ – जसलाई द जोन म्याडक्स प्राइज भनिन्छ । हरेक बर्ष कुनै पनि बैज्ञानिकले आफुलाई अवार्डको लागि नोमिनेशन गर्न पाउछन यो बर्ष मेरो पीएचडिको सुपरभाइजरले मनोनयन गरिदिनुभएको रहेछ । मनोनयनमा परेकामध्येबाट अवार्डको लागि सिफारिस भएँ ।

विकाशोन्मुख मुलुकबाट मनोनयनमा पर्ने तपाई एक्ला बैज्ञानिक हुनुहुन्थ्यो, अवार्ड पाएपछि कस्तो अनुभुती भएको छ त ?
यो अवार्ड देश भूगोल हेरेर दिने त गरिदैन तर संयोगले तेश्रो विश्वका मुलुकबाट म एक्लै परेको रहेछु । यसमा जज कमेन्डेसन अवार्ड जित्दा म धेरै खुसि भएको छु, निष्पक्ष रुपमा आयोजना हुने यो स्तरको अवार्ड प्राप्त गर्नु मेरो कल्पना भन्दा बाहिरको विषय थियो ।

भुकम्प कसरी जान्छ ?
बैज्ञानिकहरुका अनुसार भूकम्पको मुख्य कारण प्लेट टेक्टोनिक्स ‐(plate tectonics) हो । विश्वमा सामान्यतया भुकम्प जमिनमुनि रहेका चट्टानहरुको चाल ( मुभमेन्ट) को कारणले जान्छ । नेपाल र हिमालयमा पनि कारण त्यै हो, नेपाल इन्डियन प्लेट र तिब्बतियन प्लेटको घर्षण हुने ठाँउमा अबस्थित छ । जब इन्डियन प्लेट तिब्बतियन प्लेट मुनि घुस्छ त्यसले हामी मुनिको जमिनमा शक्ति संचय गर्छ, उक्त शक्ति बाहिर आउने प्रक्रियालाई भुकम्प भनिन्छ ।

भूकम्पबाट म्याग्दी कत्तिको जोखिममा छ त ?
हामीले कुन जिल्ला कत्तिको जोखिममा छ भनेर भन्ने एउटा आधार Seismic Hazard Map हो, जसमा म्याग्दी उच्च जोखिममा छैन, तर पनि मैले फेरी भन्छु पश्चिम नेपाल ठुलो विनाशकारी भूकम्पको उच्च जोखिममा छ । म्याग्दी पनि पश्चिम नेपालमा नै पर्दछ । पश्चिम नेपालमा सन् १५०५ मा म्याग्नेच्युड ८ भन्दा ठुलो विनाशकारी भुकम्प गएको विभिन्न श्रोतहरुले देखाएका छन् जुन समय आज भन्दा ५०० भन्दा धेरै बर्ष पहिला हो । धौलागिरी हिमालको फेद हुदै एउटा फल्ट आएको छ, जसलाई हामी नर्मल फल्ट भन्छौ, जुन कुरा जियोलोजीक अध्ययनहरुले पुष्टि गरिसकेको छन् । अर्को कुरा सक्रिय फल्ट भएको ठाउँमा भुकम्प धेरै आउछन !

विद्यार्थीलाई भुकम्पीय शिक्षाको आवश्यकता कत्तिको देख्नुहुन्छ ?
हाम्रोमा किताबमा भएको कुरा पढ्ने र परिक्षामा धेरै न. ल्याउने परिपाटी बसेको छ, त्यो आबस्यक छ पनि, तर एउटा बिषयमामा पास हुन हामी जति ध्यान दिन्छौ त्यो भन्दा धेरै गुणा धेरै ध्यान भुकम्प शिक्षामा दिन आबस्यक छ, सबै बिषयमा उत्कृष्ट भएर जिन्दगीमा नै फेल हुन हुन्न हामी । अगाडी पनि मैले भने विद्यालयमा जडान गरिएका यन्त्रको प्रयोगसँगै विद्यार्थी, अभिभावक र शिक्षकलाई लक्षित गरी भूकम्पीय शिक्षालाई प्राथमिकता दिइने छ । अर्को कुरा राज्यका निकायबाट पुर्ननिर्माणका अभियानमा केन्द्रित भएका छन तर शिक्षाका खासै ध्यान गएको देखिदैनन् ।

विद्यालयमा जडान गरिएको यन्त्रले कसरी काम गर्छ ?
जमिनमुनी बिशेष सुरक्षासाथ जडान गरिने यो यन्त्र रहेको ४० किलोमिटर दुरीमा जमिनको हलचल पत्ता लगाउँछ । जमिन हल्लिएको, चर्किएको, ठुलो आवाज लगायतका सबै फ्रतिक्रिया यसले दिन्छ । कम्प्यूटरमा जमिनको कम्पन प्रत्यक्ष आँखाले हेर्न सकिन्छ । कम्प्यूटरमा देखिएको कम्पनको दृश्यलाई मापन गरेर भूकम्प सानो–ठुलो र गति पत्ता लगाउन सकिन्छ । यतिउति रेक्टरस्केलको भन्ने कुरा सामान्य प्राविधिक ज्ञान भएपछि मात्रै भन्न सकिन्छ, ।

अहिले प्रयोगमा छन् त ?
हामीले जडान गरेपछि प्रयोगका बारेमा शिक्षा समेत दिएका थियौं । तपाईको यो प्रश्नले अब मैले विद्यालयहरुमा प्रयोग र निरन्तरताका बारेमा बुझ्ने छु । यो यन्त्रजडित विद्यालयले वरपरका विद्यालयका विद्यार्थीलाई भुकम्प कसरी जान्छ, कस्ता असर हुन्छ, नाप कसरी लिने, इपिसेन्टर पत्ता लगाउने, कति म्याग्नेच्युट पत्ता लगाउने समेत सेम्मोलोजी सम्बन्धी आधारभुत जानकारी गराउने प्रावधान छ ।

भुकम्प कहिले आउँछ भन्ने जानकारी दिने (अर्ली वार्निङ) उपकरण होईन, भुकम्पनापन गर्ने उपकरण हो । भुकम्प बुझ्न भुकम्प शिक्षा विद्यालयमा पु¥याउन खोजेको अवस्थामा सबैलाई प्रयोग गर्न र अस्पष्ट भएमा जानकारी लिन समेत अनुरोध गर्दछु । भुकम्पप्रतिको प्रयाप्त जानकारीले सावधानी तथा पूर्व तयारी गर्न भुकम्प सम्बन्धी डाटाले महत्वपूर्ण योगदान पु¥याएको विश्वास छ । सडकको पहुँदेखी टाढा रहेका २४ सैं घन्टा विद्युत र इन्टरनेट उपलब्ध भएका विद्यालयमा यस्तो उपकरण जोडिएको हो ।

एक फरक प्रसंग, तपाई त गितकार र संगितकार पनि हुनुहुन्छ, अहिलेसम्म कतिवटा गीत बजारमा गएका छन् ?
हो, म पेशाले बैज्ञानिक भएपनि गीतसंगीतमा विगत २० बर्षदेखि काम गरिरहेको छु। ऐले सम्म पचास भन्दा धेरै गीतहरु बजारमा आइसकेका छन्, आउदै पनि छन् ।

 

Leave a Reply