म्याग्दीको बेनी नगरपालिका-५,पुलाचौरस्थित जनकल्याण माविमा चार दिने बृहत शैक्षिक कार्यक्रम सोमबारदेखि सुरू भएको छ । म्याग्दी प्रवासी नेपाली संघ(मोना) अस्ट्रेलियाको विद्यार्थी कल्याणकारी कार्यक्रम अन्तरगत काठमाडौँ विश्वविद्यालय(केयू)सँगको सहकार्यमा आयोजित कार्यक्रमको वडा अध्यक्ष गोविन्द्र बानियाँले उद्घाटन गर्नुभयो ।

प्रमुख अतिथि वडा अध्यक्ष बानियाँले विद्यार्थीलाई शैक्षिकसँगै ब्यवहारिक ज्ञानको समेत आवश्यकता रहेको बताउनुभयो ।
पछिल्लो समय विद्यार्थी विद्युतीय उपकरणमा ब्यस्त हुदाँ विभिन्न समस्या देखिएको बताउँदै यस्ता कार्यक्रमहरुले विद्यार्थीको दैनिक गतिविधि र पठनपाठनमा समेत सहज हुने वडा अध्यक्ष बानियाँको भनाई छ ।

विद्यार्थीलाई स्वास्थ्य, ब्यवहारिक र अतिरिक्त क्रियाकलापमा केन्द्रित भएर सञ्चालन हुने कार्यक्रममा वडा सदस्यह देविदत्त पौडेल, दुर्गा पौडेल, मनिषा दर्जी लगायतको उपस्थिती रहेको थियो ।कार्यक्रममा केयूका निश्चल भट्टराईको नेतृत्वमा सुदिप चौलागाई,रोनित सिंह, आकाश बन्जडा र आशिष बरालको नेतृत्वमा पहिलो दिन प्रविधि सम्बन्धि जानकारी र टाईपिङ प्रतियोगिता भएको विद्यालयका सहायक प्रअ राजु किसानले जानकारी दिनुभयो ।

चारदिनसम्म हेरचाह परामर्श,टाइपिङ प्रतिस्पर्धा, वित्तिय साक्षरता, बचत गर्ने बानी, हाजिरीजवाफ प्रतियोगिता, शाररीक,मानसिक तथा स्वास्थ्य परामर्श, अन्तर विद्यालय फुटबल प्रतियोगिता लगायतका कार्यक्रम हुने विद्यालयका प्रअ कमलप्रसाद पौडेलले बताउनुभयो।

मोना अस्ट्रेलियाले विद्यार्थीको पठनसंस्कृतिलाई सघाउने गरी सञ्चालन गरेकोमा बेनी नगरपालिका भित्रका १० विद्यालयले सहभागिता जनाउने छन् । उद्घाटन कार्यक्रमको अध्यक्षता विब्यस अध्यक्ष तिलकप्रसाद श्रेष्ठ, स्वागत प्रअ कमलप्रसाद पौडेल र सञ्चालन सहायक प्रअ राजु किसानले गर्नुभएको थियो ।

Leave a Reply