अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

लोकदिप सहकारी गर्छ दैनिक १५ लाख बढी डिजिटल भुक्तानी

By अमृत बास्कुने
On: November 12, 2024 11:56 AM
Follow Us:

बेनीमा रहेको लोकदिप सहकारीले आफ्नो शेयर सदस्यहको सुविधाका लागि शुरु गरेका डिजिटल भुक्तानी सेवा प्रभावकारी बन्दै गएको संस्थाले जनाएको छ ।

लोकदिप बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रवन्धक नेत्रराज सुवेदीका अनुसार हाल सहकारीबाटै रकम बैंक तथा वित्तिय संस्थामा ट्रान्सफर, मोबाइल रिचार्ज, बिद्युतको बिल भुक्तानी, टिभि तथा इन्टरनेटको बिल भुक्तानी जस्ता कारोबार पनि मोबाइल एपबाटै हुने गरेको छ । दैनिक रुपमा १५ देखि २० लाख रुपियाँ सम्म भुक्तानीको काम मोबाइल एपमार्फत् नै भै रहेको उहाँको भनाई छ ।

आफ्नै घरमा बसेर आर्थिक कारोवार गर्न पाउँदा आफूहरुमा उत्साह थपिने सहकारीका कोषाध्यक्ष भीमनाथ शर्माको भनाई छ । वैदेशिक रोजगारीका लागि गएका शेयर सदस्यहरुले आफ्नो परिवारलाई विदेशबाट पैसा पठाउन लोकदिपकै मोबाइल एप प्रयोग गर्ने गरेको उहाँको भनाई छ । त्यस्तै ग्रामिण भेकमा रहेका सदस्यहरुले आफ्नो घरको विजुली तथा टेलिभिजन तथा इन्टरनेटको बिल तिर्नका लागि पनि सहकारीकै एपको प्रयोग गर्ने उहाँले जानकारी दिनुभयो ।

लोकदिप सहकारीले गत वर्षको वार्षिक साधारणसभाबाट सहकारीको आफ्नै मोबाइल एप सुभारम्भ गरेको थियो । सहकारीको मोबाइल एपबाट बैंकहरुमा पैसा पठाउन मिल्ने भएकाले पनि त्यसका लागि पनि एपको प्रयोग हुने गरेको छ । देश भित्रै जागिर खाने सरकारी तथा सुरक्षा निकायका कर्मचारीहरुले पनि लोकदिपको मोबाइल एपको प्रयोग गर्ने गरेको सहकारीका अध्यक्ष प्रमिला जोशी श्रेष्ठले जानकारी दिनुभयो ।

एक हजार दुई सय ६३ जना शेयर सदस्यहरुको सहकारी संस्थाको एक करोड ७२ लाख रुपैंयाँ शेयर पुँजी रहेको छ । त्यस्तै संस्थाको विभिन्न कोषहरुमा ८२ लाख रुपियाँ रहेको संस्थाका प्रवन्धक सुवेदीले बताउनुभयो । उहाँका अनुसार सोमबार ३१ प्रतिशत तरलता रहेको संस्थाको ११ करोड ऋण लागानी र १३ करोड बचत रहेको छ ।

अमृत बास्कुने