पोखरा एभेन्जर्सको टप २२ भित्र परे म्याग्दीका क्रिकेटर जस्मिन

0

नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी पोखरा एभेन्जर्सले गण्डकी प्रदेशमा उदयमान खेलाडीहरुको खोजीका लागि ट्यालेन्ट हन्ट कार्यक्रम सुरु गरेको छ । गण्डकी प्रदेशको एक बलियो टिम बनाउने उदेश्यले आयोजित ट्यालेन्ट हन्टमा म्याग्दीको बेनी नगरपालिका-१,रत्नेचौरका जस्मिन थापा क्षत्रीले समेत भाग लिएका छन् ।

प्रतियोगितामा जस्मिन सहित ३ सय भन्दा बढी खेलाडीले पहिलो चरणमा सहभागिता जनाएकोमा २७ जनाको सूचीबाट प्रतिस्पर्धासँगै ५ जना बाहिरिएपछिको २२ जनामा परेका छन् । पोखरा एभेन्जर्सले २२ खेलाडी बिचको खेलबाट छनौट गरी एनपिएल सहित ठूला प्रतियोगितामा समेत सहभागी हुने गरी बन्द प्रशिक्षण सहितका तालिमहरुमा समेत सहभागि गराउने छ ।

‘अन्तिम नतिजा आउन बाँकी छ, मैले आफ्नो क्षमताले भ्याएसम्म राम्रो नतिजाका लागि प्रयास गरेको छु, यो एउटा अवसर पनि हो’ जस्मिनले बेनीअनलाइनलाई भने । उनले छनौट भएपछिको अवसरले राष्ट्रियस्तरका खेलहरुमा समेत सहभागिताको अवसर मिल्ने बताए ।

माछापुच्छ्रे क्रिकेट क्लबको आयोजना गरेको माछापुच्छ्रे क्रिकेट लिगको सिजन–३,मा चम्किएका जस्मिन अक्सन मार्फत विभिन्न टिममा आवद्ध गराउने क्रममा तानातानमा परेका थिए ।

उनी सबैभन्दा धेरै मध्ये १० हजारमा बिक्री हुने सिमित खेलाडीमा परेका थिए । क्रिकेटर थापा गण्डकी प्रदेशस्तरीय टि–ट्वान्टी, अन्डर १६, अन्डर १९, क्यानका खेलहरु खेल्ने गर्दछन् भने उनले नवौ राष्ट्रिय खेलमा उनले बागलुङबाट सहभागि भएका थिए । क्रिकेटर जस्मिन सहितको टोलीले नियमित क्रिकेट खेल्दा म्याग्दीमा चहलपहल बढेको छ ।

 

 

 

Leave a Reply