म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३,दानामा फ्रेन्डली ब्रदर दाना सेरोफेरोको आयोजनामा शुक्रबारदेखि सुरू भएको शिविरमा ३ सय बढीको आँखाको चेकजाँच र ९ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ ।

दानामा शिक्षा, स्वास्थ्य, पर्यटन तथा विभिन्न क्षेत्रमा सहयोग गदैं आएको फ्रेन्डली ब्रदर दाना सेरोफेरोको आयोजना तथा कृष्ण नेत्रालय प्रालि भैरहबाको प्राविधिक सहयोग दुई दिने निशुल्क आँखा शिविर आयोजना गरिएको हो ।

शिविरको उद्घाटन गदैं ्रmेन्डली ब्रदर दाना सेरोफेरोका निर्वतमान अध्यक्ष बलबहादुर पुर्जाले आँखाका समस्या भएका बालबालिकादेखि बृद्धबृद्धालाई घरदैलोमै सेवा पु¥याउने लक्ष्यका साथ शिविर सञ्चालन गरिएको बताउनुभयो ।

‘शिविरको पहिलो दिन लक्ष्य अनुसार नै बिरामी आउनुभएको छ,शनिबारसम्म हुने शिविरमा पायक पर्ने सबै आउनुहोला, हामीले समुदायका समस्यालाई केन्द्रित गरी विभिन्न कार्यक्रमरुलाई निरन्तरता दिनेछौ’ पूर्जाले भन्नुभयो ।

शिविरमा कृष्ण नेत्रालय प्रालिकी डा.सल्मा कसी, विद्यालयकै पूर्व विद्यार्थी डा.सुमिन्द्रा पुन सहितको टोलीलेआँखाको समस्या भएका चस्माका साथै सम्पूर्ण विरामीहरुलाई आवश्यक औषधि वितरण गरिएको ज्ञानप्रकाश मावि दानाका उच्च मावि संयोजक बाबुराम पौडेलले जानकारी दिनुभयो ।

शिविरलाई वडा कार्यालय, ज्ञानप्रकाश मावि, दाना स्वास्थ्य चौकी, स्थानीय आमा समुह, युवा क्लव लगायतका संघ संस्थाले समेत सहयोग गरेका छन् ।

दानाका वडा अध्यक्ष रमेश पूर्जाले कोही कसैले पनि पैसाको अभावका कारण आँखा उपचार सेवाबाट बञ्चित हुनुपर्ने अवस्थाको अन्त्यमा लागि शिविरले सहयोग गरेको बताउनुभयो ।

शिविरको पहिलो दिन विशेषज्ञ डाक्टरबाट शल्यक्रियाका साथै आँखा चेकजाँच गराउन पाउँदा खुसी लागेको बिरामीको भनाई थियो । प्रवासमा रहेका दानाबासीको सक्रियतामा स्थापित फ्रेन्डली ब्रदर दाना सेरोफेरोले ज्ञानप्रकाश माविमा भौतिक पूर्वाधार सहित अक्षयकोष, छात्राबृद्धि सहित करोडभन्दा बढी सहयोग गरेको छ।

Leave a Reply