ठूलो जंगलको बिचमा घाँसेमैदान । आँखै अगाडि पुथा, गुर्जा, मानापाथी, धवालागिरीलगायत दर्जन भन्दा बढी हिम शृङ्खला । विभिन्न जंगली फूलहरुले भरिएको मैदान । .jpg)
यो ठाउँ हो, गण्डकी प्रदेश अन्तर्गत म्याग्दी जिल्लाको धवलागिरी गाउँपालिका–२ मा रहेको जलजला क्षेत्र । पूर्वीरुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन शिकार आरक्षमा पर्ने जलजला पछिल्लो समय पर्यटकको रोजाइँमा परेको छ । .jpg)
द्वन्द्वकालको प्रख्यात गुरिल्ला पदमार्गमा पर्ने जलजला म्याग्दी जिल्लामा पर्छ । गुरिल्ला पदमार्ग म्याग्दीबाट सुरु भएर जलजला हुँदै बाग्लुङको ढोरपाटन, रुकुमको भूभाग छिचोल्दै रोल्पामा गएर टुंगिन्छ । जलजला समुद्री सतहबाट तीन हजार चार सय २० मिटर उचाइमा रहेको छ ।
जलजलाबाट बिहानै सुर्योदयको मजा लिँदै आखै अगाडी सिस्ने, पुथा, गुर्जा, मानापाथी, धवलागिरी, निलगिरी, अन्नपूर्ण, माछापुच्छ्रे र मनास्लु हिमालको दृश्यावलोकन गर्न सकिन्छ । .jpg)
जलजलाम बर्खामा गोठ राख्न म्याग्दी, बागलुङबाट गोठालोहरु । चराउन आउने गर्दछ्न् । अरु समयमा म्याग्दी धवालागिरी लुलाङका फुलमान विकले आफ्नो गोठ राख्ने गर्छन् ।.jpg)
विगत लामो समयदेखि ट्रेकिङ्ग गाइड गरिसकेका फुलमान गाइडको पेशा छोडेर आफ्नो ठाउँमा पर्यटकहरुलाई सुविधा दिन गोठमा बस्दै आएका छ्न् । जलजलामा अहिले उनको मात्र एउटा गोठ सञ्चालन छ । .jpg)
आएका पर्यटकलाई पानी चियाले स्वागत गर्छन् फुलमान । यसरी आफ्नो ठाउँमा आएको पर्यटकलाई पाहुना सरी ठानेर सेवा गर्दा निकै सन्तुष्ट महसुस गर्ने फुलमान बताउँछन् । ‘जलजला लुकेको छ यसलाई प्रचारप्रसार गर्न निकै जरुरी छ, ’ उनले भने, ‘जलजला आउने पर्यटकलाई यहा बस्न कुनै असुविधा छैन र आएर कुनै पश्चात्ताप नहुने वातावरण छ ।’.jpg)
लुलाङका विकले विगत ६ वर्षदेखि जलजलामा पाहुनालाई खाना खुवाउने र बसोबासको व्यवस्था मिलाउँदै आएका छन् । जलजलासम्म पुग्न ढोरपाटनको पाखाथरबाट कच्ची सडकमा जिप र मोटरसाइकलमा करिब एक घण्टाको यात्रा गर्नुपर्छ । .jpg)
पैदलयात्रा गर्न ढोरपाटनबाट गुर्जाघाट हुँदै तल्लो जलजलासम्म ५ देखि ६ घण्टा लाग्छ । बेनीबाट धवलागिरी गाउँपालिकाको मुना हुँदै खोरियासम्म गाडीमा जान सकिन्छ । त्यहाँदेखि ५ घण्टा उकालो यात्रा गरेपछि जलजला पुग्न सकिन्छ । तस्बिर : नेपाल फोटो लाइब्रेरी
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)








