---Advertisement---

ठूलो परिमाणमा प्रतिबन्धित औषधि सहित एक किशोरी पक्राउ

On: November 21, 2024 4:55 PM
Follow Us:

जिल्ला प्रहरी कार्यालय म्याग्दीको भारी मात्रामा प्रतिबन्धित लागु औषध सहित एक किशोरीलाई पक्राउ गरेको छ । पश्चिम म्याग्दीको मंगला गाउँपालिका–२, तल्ला डडुवाकी २३ वर्षिय पूर्णा बिकलाई नियन्त्रणमा लिएको छ ।

म्याग्दीका लागुऔषधका प्रयोगकर्तालाई लक्षित गरी घरमा लगेर राखेको अवस्थामा एक हजार एक सय ९३ थान लागु औषध सहित गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक(इन्सपेक्टर) सागर पौडेलले बताए ।

‘अहिलेसम्मकै ठूलो परिणाममा लागुऔषध भेटिएको छ, हामीले थप अनुसन्धान गरिरहेका छौ’ सूचना अधिकारी पौडेलले भने ।

कास्की प्रहरीको सहयोगमा पोखराबाट नियन्त्रण गरिएको अभियुक्त विकको घरभित्र बागवान सुपर मसिना चामल लेखेको सेतो हरियो चामलको खाली बोरामा कालो प्लास्ट्रिक भित्र लुकाई छिपाई राखेको अबस्थामा लागूऔषध भेटिएको प्रहरीले जनाएको छ ।

अभियुक्त विकको घरबाट डाइजेपाम तीन सय ९८ एम्पुल, फेनेर्गन तीन सय ९७ एम्पुल र बुप्रेनोर्फिन तीन सय ९८ गरी कुल एक हजार एक सय ९३ थान भेटिएको छ ।

लागुऔषधका प्रयोगकर्ताले डाइजेपाम, फेनारागन, र बुप्रेनोर्फिनको प्रयोग गरी डोज बनाएर सिरिन्जको माध्यमबाट शरीरका विभिन्न भागबाट नशासम्म पुर्याउने गर्दछन् ।

अभियुक्त विकलाई लागु लागुऔषध सम्बन्धी कसुरमा जिल्ला अदालतबाट लागुऔषध मद्दामा म्याद लिएर थप अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

हरिकृष्ण गौतम

हरिकृष्ण गौतम बेनीअनलाइनका संस्थापक सदस्य हुनुहुन्छ।