---Advertisement---

हातमा समस्या भएका बिरामीलाई निःशुल्क शल्यक्रिया गरिने

On: November 22, 2024 1:39 PM
Follow Us:

हरियोखर्क अस्पताल पोखरामा जन्मजात वा दुर्घटना, बर्न इन्ज्युरी (आगोले पोलेको) बाट पीडित बिरामीको निःशुल्क शिविर सञ्चालन गरिने भएको छ । दक्षिण कोरियाबाट आउने विशेषज्ञ चिकित्सक सहितको टोलीले मंसिर १० देखि १३ गतेसम्म चार दिने शल्यक्रिया शिविरको आयोजना गरिएको अस्पतालका डा. दिवस कटुवाल क्षत्रीले बताउनुभयो ।

‘सर्जरी सहितको सेवा निशुल्क हुन्छ, हातमा चोटपटक वा अन्य कारणले असर परेकाले सम्पर्क गर्नुहोला’ डा. कटुवालले भन्नुभयो।

शिविरमा आगोले पोलिएर प्राथमिक उपचार नपाएकै कारण विभिन्न समस्या भएका, औँला टाँसिएका, विष्फोटनमा परी शल्यक्रिया गराउनुपर्ने अवस्था भएका बिरामीको उपचारका लागि शिविर आयोजना भएको डा. कटुवालको भनाई छ ।

आगोले पोलेमा वा जलेमा के गर्ने भन्ने बारेमा समेत चिकित्सकले सुझाव तथा सर्जरी गर्नु पर्ने बिरामीहरु फिजियोथेरापी सहितका अन्य परामर्श समेत गरिने छ ।

थप जानकारीको लागि हरियोखर्क अस्पताल पोखराका डा. दिबस कटुवाल क्षत्री ९८५६०२१७३२ मा सम्पर्क गर्न सक्नु हुने छ ।