कम्प्युटर एसोसिएसन अफ नेपाल म्याग्दी शाखाको सातौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनबाट युवराज आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ ।

शुक्रबार सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा खगेन्द्र खत्री, सचिव बासुदेब घिमिरे, कोषाध्यक्ष ज्ञानबहादुर श्रीष रहनुभएको छ। त्यसैगरी सदस्यहरुमा विवेक सापकोटा, भिम सिर्पाली, दिपा पौडेल, ई. खिमबहादुर क्षेत्री रहेको सचिव घिमिरेले जानकारी दिनुभयो ।

अधिवेशनबाट सल्लाहकारमा धुब्रराज कार्की, बामदेव रिजाल र लालबहादुर कार्की रहनुभएको छ । अधिवेशनको उद्घाटन गदैं केन्द्रिय सदस्य चिन्तामणि बाँस्तोलाले सूचना तथा प्रविधिको क्षेत्रमा क्यानको योगदान रहेको बताउनुभयो ।

निर्वतमान अध्यक्ष लालबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको अधिपेशनमा प्रगति प्रतिवेदन सचिव बासुदेब घिमिरे, आर्थिक प्रतिवेदन कोषाध्यक्ष ज्ञानबहादुर श्रीषले प्रस्तुत गर्नुभएको थियो । म्याग्दीमा तीनदशक देखि क्यान सक्रिय रहेको छ। कम्प्युटर सम्बन्धि सूचना तथा तालिम सञ्चालनसँगै विभिन्न सामाजिक तथा मानवीय सेवामा समेत क्यानको सक्रियता रहेको छ ।

 

Leave a Reply